पूर्वराजा ज्ञानेन्द्र श्राद्ध गर्न भ्याई नभ्याई

काठमाडाैं २६ भदाै ।
पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ ।
करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन्। यो खबर ईश्वरराज ढकालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।
उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजु ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे। उनले निर्मल निवासमै सबै श्राद्ध गरेका हुन्।
दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो। १६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए। त्यसको पर्सीपल्ट हजुरबुबा त्रिभुवनको श्राद्ध गरेका थिए। भोलि मंगलबार हजुरआमा इन्द्रराज्यलक्ष्मी शाहको श्राद्ध गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले बतायो।