
‘नेपाल आइडल त विक्रम नै हुन्’

नेपाल टेलिभिजनले प्रशारणमा ल्याएको त्यस बेलाको नेपाल आइडलमा निकै कडा प्रतिस्पर्धा भएको थियो । उस्ता–उस्तै प्रतियोगीहरु बीच भएको गायन प्रतियोगितामा हाल भईरहेको जस्तै भोटिङ मार्फत आईडल बनेका बिक्रमले हाल उनको उपाधी रक्षाको संकेत गर्दै यस्तो स्टाटस लेखेको सबैको बुझाई छ ।
नेपाल आइडल नाम भएको इभेन्ट यो भन्दा अगाडि नै संचालन भएको पाइएको छ । आज भन्दा ४ बर्ष अगाडि नेपाल आइडलको पहिलो आइडलको उपाधी वितरण गरिसकिएको छ । २०७० सालमा नेपाल आइडलको उपाधी कलाकार विक्रम राईले प्राप्त गरेका छन् । यो नेपालको पहिलो नेपाल आइडल हो । यसले नेपाल आइडलको हाल भईरहेको प्रतियोगिता दोस्रो सिजनको हुनुपर्ने मागहरु उठ्न थालेका छन् ।
२०७० सालमा सम्पन्न नेपाल आइडलको पहिलो सिजनमा निर्णायकहरु क्रमश संगितकार ओम प्रकाश राई, अशोक राई, मिन सागर लामा लगायत थिए ।
नेपाल आइडल पहिलो सिजनको फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु अमित परियार धनकुटा दोस्रो, कृष्ण खवास मोरङ तेस्रो, सचिन राई खोटाङ चौथो तथा अस्मिता अधिकारी झापा पाँचौ रहेका थिए । उनीहरुलाई नेपाल आइडलकै ब्यानर दिएर प्लेटफर्म दिइएको थियो । उक्त कार्यक्रमलाई नेपाल टेलिभिजनले लाइभ प्रशारण गरेको थियो ।
यसका आयोजक रेडलाईट इन्टरटेनमेन्टका अध्यक्ष तथा तत्कालिन निर्णायक ओमप्रकाश राई रहेका थिए । उनले नेपाल आइडलको अहिलेको शो लाई नर्मल भएको प्रतिक्रिया दिएका छन् । उनले भने–‘नेपाल आइडल त विक्रम नै हुन् । यो चाँही राष्ट्रिय स्तरको भयो । अहिले गरेको चाँही इन्टरनेशनल हो ।’ तर पहिलो नेपाल आइडल आयोजना सँस्थाले प्रतिभाको उत्पादन गरेर संरक्षण गर्न नसकेको गुनासो आउन थालेको छ । यस बारेमा ओमप्रकाशले भने सहमती भएको बताएका छन् । के कस्तो लेनदेनमा सहमती भयो यो भने उनले खुलाएका छैनन् ।
उनले पहिलो नेपाल आइडल विक्रम राईलाई पनि स्टेजमा बोलाएर मायाको चिनो दिने सम्मको सहमती भएको बताएका थिए । तर आइडलको अन्तिम स्पर्धा ग्राण्ड फिनालेको तिथि मित र समय आउँदा समेत विक्रम ्राई लगायतको उपाधीनै खोसिने गरी एपिवान टेलिभिजन तथा पुरानो आयोजक रेडलाईट इन्टरटेनमेन्टको सहमती भईसकेको चाल पाएपछि विक्रम आक्रोशित मुडमा पुगेका हुन् । उनका फयानहरुले भने बिक्रमलाई सर्पोट गर्दै यसको कानुनी उपचार खोज्न समेत आग्रह गरेका छन् ।