खोटाङ बैशाख–१५, खोटाङ रङ्गमञ्चले प्रदर्शनमा ल्याएको कचहरी नाटक टुङ्गिएको छ । समस्या उत्पादन गर्ने र दर्शकसँग समाधान खोज्ने नाटक जिल्लाका बिभिन्न नौं स्थानमा प्रदर्शनपछि टुङ्ग्याईएको हो ।

अनिल सुब्बााको निदेशन  र रुपेश लामाको सह निर्देशनमामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएएर दिक्तेलबजारमा अन्तिम प्रस्तुतिपछि समापन गरिएको हो । लागू औषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा नाटक तयार पारिएको थियो ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवन भोगाइमा आधारित कचहरी नाटक दर्शकको रोजाइमा परेको पाइएको छ । नाटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा ‘हामी स्वयम्सेवी अभियान’को सहकार्यमा तयार पारिएको जनाईएको छ ।

कचहरी नाटकले नगरबासीको मात्र नभइ जिल्लाबासीकै जनचेतना अभिवृद्धिमा सहयोग पु¥याईएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । पारिवारिक तथा सामाजिक परिबेसमा आधारित कचहरी नाटकले अधिकांश दर्शकको मन जित्न सफल भएको आयोजक खोटाङ रङ्गमञ्चका व्यवस्थापक एल.बी. मगरले जनाउनुभयो । नाटक कचहरीमा खोटाङका कलाकारहरु सञ्जिव राई, योगिन राई, सविना राई, सलिना भुजेल, दीपेन्द्र राई, मिलन राई, आकृति भुजेल, ज्ञानेन्द्र विश्वकर्मा र मनिस परियारले अभिनय गर्नुभएको छ ।

कचहरी फ्रेममा तयार पारिएको नाटक कलाकारहरुलाई दश दिनको अभ्यास गराएर प्रदर्शनमा ल्याइएको रङ्गमञ्चका अध्यक्ष सञ्जिव राईले जानकारी दिनुभयो । प्रत्यक्ष बाद्यबादन र स्थानीय नेवार समुदायको लयमा गीतहरुको संयोजनले नाटकलाई रौनकता दिएको दर्शकहरुको भनाई छ । नाटकको प«र्शसा गदै सरस्वती मबिका शिक्षक धनिराम राइले कलाकारहरुलाई नगद उपाहार प्रदान गर्नुभएको छ ।

काठमाडौँस्थित मण्डला थिएटर लगायत विभिन्न थिएटहरुमा लामो समय अभिनय गरेर आफ्नो जिल्लाका फर्किएका कलाकारहरुले आधिकारिक रुपमा दर्ता गरेर सञ्चालनमा ल्याएका खोटाङ रङ्गमञ्चले यसअघि पनि विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गर्दै आएको थियो । ।