काठमाडौं २ असोज
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं.२ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहानैदेखि शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी छ ।
 निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
मतदान कार्य आज ५ बजेसम्म जारी रहने छ । 
प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।