काठमाडौं ४ असोज
स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश दुईमा मतगणना जारी छ । समाचार तयार पार्दासम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

दोस्रो र तेस्रोमा भने कडा टक्कर परेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच कडा टक्कर देखिएको हो ।

अनलाइन खबरका अनुसार २५ स्थानमा अग्रता कामय राखेर कांग्रेसले लिड गरिरहेको छ । दोस्रोमा एमाले १८ स्थानमा र तेस्रोमा माओवादी र संघीय फोरम समान १६/१६ स्थानमा अग्रता लिएर दुवै दल दोस्रो हुने दौडमा छन् ।

कान्तिपुर अनलाइनले भने कांग्रेस २७, एमाले १७, माओवादी १३, राजपा १० स्थानमा अग्रता कायम राखेको उल्लेख गरेको छ । यस्तै सेतोपाटीले २८ कांग्रेस, २० एमाले, १७ माओवादी, १९ समाजवादी फोरम भनेर उल्लेख गरेको छ ।

अहिलेसम्म वडाहरुको अन्तिम मतपरिणाम सार्वजनिक भएपनि पालिकाको कुनै पनि ठाउँमा सार्वजनिक हुन सकेको छैन ।