खोटाङ असोज–१२, खोटाङको मुख्य ब्यापारिक केन्द्र समेत रहेको सदरमुकाम दिक्तेलबजार सुनसान बनेको छ । घटस्थापनको अघिल्लो दिनदेखि नै मानिसको चहलपहल घटेको दिक्तेलबजारमा अस्टमीको दिनसम्म सबै दशैं मनाउन आ–आफ्ना घरपरिवार भएको ठाउँतिर गएपछि बजार सुनसान बनेको हो ।
कतिपय घर तथा पसल समेत बन्द रहेको दिक्तेलबजारभित्र सवारी साधनको समेत चहलपहल छैन । बिजया दशमीको २ दिन पछाडीसम्म दिक्तेलबजार सुनसान बन्ने गरेको स्थानीय सुनाउँछन् । बिद्यालय लगायतका कतिपय संघ संस्थाहरु तिहारपछि सम्म नै बन्द हुने हुनाले तिहारपछि मात्र सदरमुकाममा चहलपहल शुरु हुने गर्दछ ।
