केदार मगर/खोटाङ,
असोज–२५, रुपाकोट मझुवागढी नगरपालिका खोटाङको पहिलो प्राथमिकतामा कृषि, पर्यटन र पूर्वाधार विकास परेको छ । ‘रुपाकोट मझुवागढीको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ बुधबार आयोजित प्रथम ऐतिहासिक नगरसभाले उक्त नीति तथा कार्यक्रम पारित गरेको हो ।
सदरमुकाम दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा निर्वाहमुखी कृषि प्रणालीलाई रुपान्तरण गर्दै व्यवसायिकीकरण तथा आधुनिकीकरण गर्ने, पर्यटकीय स्थलहरुको गुरुयोजना निर्माण गरेर दिगो विकास तथा प्रवद्र्धन गर्ने र गुणस्तरीय विकासमा जोड दिने नीति तथा कार्यक्रम पारित गरिएको छ । नगर प्रमुख दिपनारायण रिजालले पेश गर्नुभएको नीति तथा कार्यक्रमलाई सहभागीको सुझाव सहित पारित गरिएको हो ।
स्थानीय गौरवका आयोजनातर्फ सडक स्तरोन्नति, पर्यटन प्रवद्र्धन, सहरी विकास, लक्षित कार्यक्रम, खेलकुद विकास, आर्यआर्जन कार्यक्रम, सौर्य उर्जा तथा विद्युतिकरण, खानेपानी र सञ्चारलाई राखिएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको कार्यक्रममा सहभागी वक्ताहरुले प्रतिक्रिया दिएका छन् ।
दुई दिनसम्म चल्ने नगरसभाले नगरभित्र उद्योग स्थापना तथा रोजकारी सिर्जना गर्ने, आधारभूत तथा माध्यमिक शिक्षालाई सर्वसुलभ् बनाउँदै गुणस्तर नगर बनाउने, खेलकुद क्षेत्रको विकास गर्ने, कला, साहित्य, धर्मसंस्कार, रीतिरिवाज र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने, नगरवासीलाई सहजरुपमा खानेपानीको व्यवस्था गर्ने, सरसफाइको क्षेत्रमा विकास गर्न पूर्ण सरसफाइ योजना सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउन पहल गर्ने, जिल्ला अस्पताललाई यसै आर्थिक वर्षभित्र ५० शैया वृद्धि गर्ने, वातावरण तथा विपद् व्यवस्थापनमा जोड दिने, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ध्यान दिने, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन कायम गर्ने लगायतका नीति तथा कार्यक्रम बनाइएको छ । जनप्रतिनिधिहरुको चाल, योजना निर्माणको साल, समृद्ध नगरको परिकल्पना, स्थानीय गौरवको आयोजना जस्ता कार्यक्रमहरु अगाडि सारिएको छ ।
नगर क्षेत्रभित्र रहेका सबै सञ्चारमाध्यमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने, सबै सञ्चारकर्मीसँगको सहकार्यमा नगरपालिकाको गतिविधि प्रशारण तथा प्रकाशन गर्ने, पत्रकारहरुका लागि आधारभूत तथा पुर्नताजकी तालिम सञ्चालनमा सहयोग गर्ने लगायतका योजना बनाइएको छ ।
कृषिमा रुपान्तरण ः
नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा अर्गानिक नगर बनाउने, एक वडा एक कृषि तथा पशुपालन र्फाम सञ्चालनमा ल्याउने, सामुहिक र सहकारी खेतीलाई प्रवद्र्धन गर्ने, कृषि जमिन बाँझो राख्न नदिने, कृषि उपजमा बिचौलिया हटाउने, पशु वथशालाको व्यवस्थापन गर्ने, कृषकलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने, नयाँ प्रविधिको विकास तथा प्रयोगमा जोड दिने, एक वडा एक पकेट क्षेत्रका रुपमा विकास गर्ने, उत्पादित कृषि उपजको बजार व्यवस्थापन तथा निर्यातमा सहयोग गर्ने लगायतका योजना बनाइएको छ । पछिल्लो समयमा बढ्दै गएको जलवायु परिवर्तनले कृषिमा पर्न सक्ने असरलाई मध्येनजर गर्दै अनिर्वाय कृषि बीमा कार्यक्रम लागू गर्ने व्यवसायिक सम्भावना भएका मौलिक तथा उच्च मुल्य पाइने कृषि उपजको संकलन, प्रशोधन, प्याकिङ र लेबलिङ गरेर निर्यात गर्दै नगरको पहिचान आन्तरिक तथा वाह्य बजारमा स्थापित गर्ने लगायतका कार्यक्रम पारित गरिएको छ ।
पर्यटन प्रवद्र्धन ः
नगरभित्र रहेको पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर नगरपालिकाको आम्दानीको स्रोत वृद्धि गर्न नगरसभाले पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेको छ । नगरभित्र पर्ने रुपाकोट, महुरेगढी, साप्सुढाप, मेलुङडाँडा, सहदेवगढी, भुलभुले लगायतको प्रवद्र्धनका लागि यसै आर्थिक वर्षबाट क्रमागत योजना बनाएर विकास गरिने भएको छ । जिल्लाको अर्को हलेसी तुवाचुङ नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई रुपाकोट मझुवागढीसँग जोड्ने योजना बनाइएको छ । यस्तै, वडा नम्बर १ मा रहेको कोलेबारीमा दिकुपार्क निर्माण, वडा नम्बर ११ मा रहेको बाँझोबारीलाई पर्यटन विकास गर्न बजेट बिनियोजन, वडा नम्बर ६ नेर्पामा पेन टावर निर्माण गर्ने लगायतका योजना पारित गरिएको छ । सबै पर्यटकीयस्थलसम्म पुग्न गुणस्तरीय सडक निर्माण गरिने नगर प्रमुख रिजालले पेश गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गुणस्तरीय पूर्वाधार ः नगर विकासको आधार
नगरपालिकाभित्र निर्माण गरिने विकास÷निर्माणका योजनालाई गुणस्तरीय बनाउन प्रभावकारी रुपमा अनुगमन तथा निरीक्षण गरिने भएको छ । सहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिकाको केन्द्र रहेको दिक्तेलबजार कालोपत्रे, टेलिफोन, विद्युतको तार र खानेपानीको पाइपलाई जमिनमुनी गाड्ने योजना सञ्चालन हुँदै छ । उक्त योजनालाई प्रभावकारी बनाउन नगरपालिकाले गुणस्तरीयतामा जोड दिने नगर प्रमुख रिजालले जानकारी दिनुभयो । यससँगै नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयको भवन निर्माण, सबै वडामा बाह्रै महिना यातायात सञ्चालन, घरघरमा सडक नभइ सडकसडकमा घर भन्ने मान्यतालाई संस्थागत गर्दै एकीकृत वस्ती बिस्तार गरिने, दिक्तेलबजारमा व्यवस्थित व्यापारिक केन्द्र सञ्चालन, नगर बस र सिटी सवारी सञ्चालन, प्रत्येक वडामा ३० लाखको ठूला पूर्वाधारका योजना सञ्चालन, नगरपालिका भित्र तीन तहको चक्रपथ निर्माण, आगामी तीन वर्षभित्र सबै वडामा केन्द्रीय प्रशारण लाईनको विद्युत बिस्तार गर्दै काठको पोल हटाएर फलामे पोलमुक्त नगर बनाउने, निर्माणाधीन तथा सम्भावित सिँचाइ योजनाहरुलाई तत्काल सञ्चालनमा ल्याउन पहल गर्ने लगायतका महत्वपूर्ण योजनाहरु पारित गरिएको छ ।