
सन्तोषकुमार राई /खोटाङ
असोज–२६, बैदेशिक रोजगार भन्न साथै सबैले कान ठाडो पार्ने अवस्था छ । बैदेशिक रोजगारीमा जाने या जान तयार भएका ब्यक्तिको परिवार, आफन्त, नरनाता या साथीभाई कोही न कोहीको नजिकमा जो कोही नै हुन्छन् । अतः यो बिषयमा चासो वा सुचना सबैलाई चाहिएको छ । यसै आवश्यक्तालाई मध्येनजर गर्दै खोटाङबाट बैदेशिक रोजगारीमा गएका वा जान तयार भईसकेकादेखि सम्भावित आप्रवासीका लागि समेत बैदेशिक रोजगार सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धिमुलक होस् भन्नका खातिर सो सम्बन्धी टोल–बस्ती स्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा नब किरण सेवा समाज नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवाशन परियोजना (सामी)ले हालै मात्र पनि समुदाय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । हालै हलेसि तुवाचुङ्ग नगरपलिका–११ राजापनीको आहालेगाउँमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा गएको परिवारको सदस्य ,युवा, शिक्षक, बृद्घ–बृद्घा लगायत करिब ५० जनाको हाराहारीमा सहभागिता रहेको थियो । कार्यक्रममा सामी परियोजनाले दिने निशुल्क सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनका साथै बैदेशिक रोजगारीमा जादा सिप तालिम तथा भाषा , कागजपत्रको प्रतिलिपी लगायतको महत्वको बारेमा जानकारी गराईएको थियो । यस्तै, बैदेशिक रोजगारीमा जाने महिला कामदारलाई आईपर्न सक्ने बिभिन्न समस्या र समाधानका उपाय, बैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रक्रिया यी सबै कुराको बारेमा छलफल भएको थियो ।
छलफलपछि बैदेशिक रोजगारमा जानेहरुले अनिबार्य सुचना केन्द्रमा गई निशुल्क सिप सिकेर मात्र बिदेश जानका लागि प्रेरित गर्ने, कागजपत्रहरुको प्रतिलिपी बिदेश जानेले घरमा पनि छोडेर जाने तथा घरमा नछाडी बैदेशिक रोजगारीमा जानेहरुको पनि तुरुन्त झिकाउने जस्ता कुराहरुमा उत्साहित बनेका छन् ।

सुरक्षित आप्रवासन परियोजना सुचना तथा परामर्श केन्द्रले निशुल्क सो सम्बन्धी निशुल्क सेवा प्रदान गर्दै आएको छ । बैदेशिक रोजगारीसम्बन्धी सुचना लिन वा त्यसबारे बुझ्न आतुर समुदाय वा ब्यक्तिका लागि यस्तो अभिमुखिकरण कार्यक्रम अति लाभदायी भएको प्रतिक्रिया स्थानीयबाट आउने गरेका छन् ।