खोटाङ कात्तिक–१२, खोटाङका पत्रकारहरुले जिल्लाका ज्येष्ठ नागरिक सम्बन्धी समाचारलाई प्राथमिकता दिने जनाएका छन् । ज्येष्ठ नागरिकका पक्षमा काम गर्दै आएको एजिङ नेपालले जिल्लाका पत्रकारहरुबीच आयोजना गरेको ‘ज्येष्ठ नागरिक अन्र्तक्रिया’ कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुले ज्येष्ठ नागरिकसँग सम्बन्धित समाचारलाई प्राथमिकता दिँदै सम्मान तथा सुरक्षामा भुमिका निर्बाह गर्ने जनाएका हुन् । 
आईतबार सदरमुकाम दिक्तेलबजारस्थित होटल शुभदिनमा आयोजित कार्यक्रममा सहभागी पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, सम्पादक समाज खोटाङका अध्यक्ष कृष्ण आचार्य लगायत सबै पत्रकारहरुले सो सम्बन्धी समाचारहरुलाई सम्प्रेषण, प्रकाशन तथा  प्रशारणमा जोड दिने उल्लेख गरेका छन् । जिल्लामा ज्येष्ठ नागरिकका समस्या अनगिन्ति भए पनि प्राथमिकतामा नराख्दा वा चासो नदिँदा झन् बढ्दै गएको सन्दर्भ निकाल्दै अन्र्तक्रियाको अन्त्यमा आफ्नो तर्फबाट ज्येष्ठ नागरिकका पक्षमा गर्न सक्ने कामहरुको सूचि नै तयार गरिएको थियो । 
समुहगत रुपमा तयार पारिएको सूचिमा स्थानीय तह तथा नीतिहरुमा ज्येष्ठ नागरिकका लागि निर्माण गरिएका ऐन, कानुन, ब्यवस्थालाई प्रभाबकारी ढंगले कार्यान्वायनका लागि खबरदारी गर्ने, स्थानीय तहमा जेष्ठ नागरिकमैत्री नीति तर्जुमा तथा कार्यान्वायनमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिकसँग भएका ज्ञान, सीप तथा अनुभबहरुलाई संकलन, प्रकाशन, प्रशारण गर्ने उल्लेख गरिएका छन् । यस्तै, नेपालका संबिधानमा उल्लेख गरिएका ज्येष्ठ नागरिकसम्बन्धी सेवा, सुबिधाबारे रेडियो जिङ्गल निर्माण गरी प्रशारण गर्ने, ज्येष्ठ नागरिकका पक्षमा रेडियो जिङ्गल, सम्बन्धित निकायसँग सो सम्बन्धी अन्र्तबार्ता लगायतका सामाग्री प्रशारण गर्ने लगायतका २२ वटा बुँदालाई पत्रकारहरुले सूचिकृत गरेका छन् ।
विश्व ज्येष्ठ नागरिक दिवस २०१७ को अवसर पारेर आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा आयोजक एजिङ नेपालका अध्यक्ष कृष्णमुरारि गौतम, सन्जु थापा मगर, पबित्रा अधिकारी र प्रकाश गौतमले सहजिकरण गर्नुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा क्रमशः ज्येष्ठ नागरिकका बिषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुद्घाहरु, ज्येष्ठ नागरिकहरुको अधिकार र उनिहरुमाथि हुने दुब्र्यवहार, ज्येष्ठ नागरिकहरुको स्वास्थ्य र हेरचाह, ज्येष्ठ नागरिकसँग सम्बन्धित निकायहरुको बारेमा बृहत छलफल तथा अन्र्तक्रिया भएको थियो ।