खोटाङ कात्तिक–१७,
खोटाङमा हिंसा पीडितका लागि पुर्नस्थापना केन्द्र नहुँदा पीडितलाई थप पीडा हुने गरेको छ । घरेलु हिंसा लगायतका घटनामा न्याय खोज्ने क्रममा पुर्नस्थापना केन्द्रको ब्यवस्था नहुँदा पीडित पक्षले पीडकसँगै बस्नुपर्ने बाध्यताका कारण मानसिक रुपमा समेत थप पीडा ब्यहोर्नु पर्ने अवस्था रहेको जिल्ला न्यायधिस किशोर घिमिरेले बताउनुभयो ।
जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी सहायता केन्द्रले शुक्रबार सदरमुकाम दिक्तेलमा आयोजना गरेको एक कार्यक्रममा घरेलु हिंसा लगायतका मुद्घा पीडितले जाहेरी दर्ता गरे पनि पीडक सँगै बस्नुपर्ने बाध्यताका कारण त्यस्ता मुद्घा अदालतसम्म नआइपुग्ने बताईएको छ ।
तेश्रो त्रैमासिक प्रगति प्रतिवेदनमा असहाय पक्षको तर्फबाट बहुविवाह जाहेरी तीन ,जवरजस्ती करणीको चार वटा जाहेरी कानुनी सहायता समितिमा दर्ता भएको उल्लेख छ । यस्तै , घरेलु हिंसा प्रहरी कार्यालयमा उजुरी दुई , कुटपिट अङगभङ्ग एक, गाली बेइज्जेती दुई र अंशरहित सम्बन्ध विच्छेद एक गरी गत तीन महिनामा १३ वटा मुद्दा दर्ता गरेको संस्थाका संयोजक चन्द्रबहादुर खड्काले बताउनुभयो ।
जुन १ देखि २० सेप्टेम्बर २०१७ सम्ममा नगरपालिका, गाउँपालिका सामुदायिक संस्थाका सदस्यहरुका लागि सामाजिक कानुनी सहायता र आधारभूत लिखतसम्बन्धी तालिम, समुदाय तथा विद्यालय स्तरीय कानुनी सचेतना तथा घुम्ती कानुनी शिविरको आयोजना गरिएको छ । यस्तै, संविधान दिवसको अवसरमा जिल्ला कारागार दिक्तेलमा रहेको कैदी तथा थुनुवाहरुबीच एक दिने सचेतनामूलक अन्र्तक्रिया कार्यक्रम समेत आयोजना गरिएको कानुनी सहायता केन्द्रले जनाएको छ । थुनामा रहेका महिला कैदी बन्दीहरुका आश्रित ४ नावालक छोराछोरीलाई जाडोको न्यानो कपडा एक÷एक जोर र अध्ययनको लागि पुस्तक, कापी, पेन्सिल, खेलौना सहितका सामग्री वितरण साथै कैदी बन्दीहरुलाई पेय पदार्थ वितरण गरिएको प्रतिवेदन उल्लेख छ । त्यस्तै, हिरासत तथा कारागार भ्रमणबाट कानुनी सहायताबारेमा जानकारी गराउँदै निजहरुका कानुनी समस्याका बारेमा जानकारी लिएका थिए ।