
कात्तिक–२० खोटाङ, लोक आधुनिक गायनबाट चर्चाको शिखरमा पुगी आफ्नो पहिचान कायमै राख्न सफल गायिका कला राईको अर्को म्यूजिक भिडियो सार्बजानिक भएको छ । यस अघि पनि आफ्नो स्वरमा रहेका थुप्रै गीतको म्यूजिक भिडियो निर्माण गरिसकेकी राईको “रै’छौ बैगुनी..” बोलको गीतमा निर्माण गरिएको म्यूजिक भिडियो हालै सार्बजानिक भएको हो ।
आरजु विष्ट सल्यानिको शब्द र रेशम चौधरीको कम्पोजमा तयार भएको “रै’छौ बैगुनी..” बोलको गीति भिडियोलाई सुन्दर सुबेदीले निर्देशन गरेका हुन् । याम्फु राईको छायांकन र सम्पादन रहेको भिडियोमा मणिजंग राई, पार्वती तामाङ्ग र राज कुमारी तामाङ्गले अभिनय गरेका छन् ।
“पान्धारे चौकी..”,“ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेलले..”,“गाई हिन्ने गोहो..”,“बिनायो मुर्चुङ्गा..” जस्ता थुप्रै चर्चित गीतहरु बजारमा ल्याई सकेकी गायिका कला राईको “रै’छौ बैगुनी..” बोलको गीत ‘अफर’ गीति एल्बममा समेटिएको छ ।
कला राईको ‘कला’, ‘अफर’, ‘लुक्स’ तथा ‘ईशारा’ नामक गीति एल्बमले दर्शक श्रोताका मन जितिसकेको छ । अनगिन्ति कलेक्सन एल्बमहरुमा स्वर दिईसकेकी राई पहिलोपटक ‘ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेलले’ बोलको गीतबाट आफ्नो सोलो गायन यात्रा सुरुवात गरेकी थिईन् ।
राई ०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नका साथै ०६३ सालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो स्थान समेत हात पार्न सफल गायिका हुन् । उनले ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा समेत दोस्रो स्थान हात पारेकी थिईन् ।
स्रोता र दर्शकका मायालाई नै आफ्नो जीवनको सफलता मान्ने कला राई हाल देश–विदेशको सांगीतिक कार्यक्रमहरूमा व्यस्त छिन् ।
हेर्नुहोस भिडियो :