खोटाङ कार्तिक–२५, प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगीतामा खोटाङ पुर्वाञ्चलमा टिम प्रथम भएको छ । शनिबार काठ्माण्डौंमा सम्पन्न प्रतियोगीतामा २ रजत र २ कास्य पदक जित्दै खोटाङले पुर्वमा अन्य जिल्लालाई पछि पारेको हो ।
प्रतियोगीतामा पुरुष कुमितेतर्फ ५५ केजी तौल समुहमा नबिन राई र ६० केजी तौल समुहमा सन्तोष राईले रजत जितेर खोटाङलाई पुर्वाञ्चलमा बलियो देखाएका हुन् । यस्तै, महिला कुमितेमा ५५ केजी तौल समुहमा विद्याकला राई र ६८ प्लस तौल समुहमा मिसडोना राईले कास्या पदक दिलाएको सितोरियो कराते संघ खोटाङका अध्यक्ष एबं टिम प्रशिक्षक सञ्जयकुमार राईले बताए । ‘पुर्वमा हामीले दुई रजत र दुई कास्यामा चित्त बुझाउनु प¥यो’ राईले भने, ‘तर पुर्वाञ्चलमा खोटाङको उपस्थिति अरुभन्दा बलियो देखिएको छ, यो नै ठूलो कुरा हो ।’
प्रतियोगीतामा पुर्वाञ्चलबाट मोरङका बिबेक थापाले ५० केजी समुहमा कास्य, ४० केजी समुहमा झापाका ओसिस श्रेष्ठले कास्य, ५० केजी समुहमा इलामका पृती बस्नेतले कास्य र ६८ प्लस केजीमा मोरङकी कृति दुलालले कास्य पदक जितेकी छन् । धरानमा सम्पन्न छनौट प्रतियोगीतामा ७ स्वर्ण ३ रजत र ५ कास्य सहित पुर्वाञ्चलमा टिम प्रथम भएको खोटाङले राष्ट्रिय कराते प्रतियोगीतामा भने स्वर्ण पदक जित्न सकेन ।