
खोटाङ कार्तिक–२८, खोटाङमा दाउरा खोज्ने क्रममा सँगै गएका साथीले लडाएको मुढोले लाग्दा उदयपुरका एक किशोरको ज्गान गएको छ । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पर्ने जंगलमा दाउरा खोज्ने क्रममा बिज्ञम्पा राई भनिने ब्यक्तिले लडाएको मुढोले अचानक लाग्दा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।
निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबु–आमासँगै आएका बेला जंगलमा दाउरा खोज्ने क्रममा चिनजानकै ब्यक्तिले लडाएको मुढाले अचानक लाग्दा घाईते दिपकको मंगलबार मृत्यु भएको हो । ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भिर घाईते भएका दिपकको उपचारका लागि काठ्माण्डौं लैजाने क्रममा जयराममा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।