खोटाङ कात्तिक–२९, देशमा स्थायित्व नचाहानेहरुले भोजपुरमा ठुलो गिरोह परिचालन गरेको बाम गठबन्धनको निष्कर्ष रहेको छ । पूर्वमन्त्री तथा नेकपा एमालेको उम्मेदवार शेरधन राईमाथि मंगलबार बम प्रहार भएपछि बुधवार पत्रकार सम्मेलन गर्दै बाम गठबन्धनका उम्मेदवारहरुले यस्तो बताएका हुन् ।
यस भन्दा अगाडी समेत भोजपुर जिल्लामा रहस्यमय घटनाका दोषि हाल सम्म पत्ता नलाग्नु र पू
र्व मन्त्री माथि नै बम प्रहार हुनु गम्भिर विषय रहेको प्रतिनिधि सभाका उम्मेदवार सुदन किरातीले बताउनुभयो । पुर्वमन्त्री एवं बाम गठबन्धन प्रदेश १ तर्फका उम्मेदवार शेरधन राईले यो घटना सुनियोजित हिसावले आफ्नो राजनीतिक इतिहासलाई समाप्त गर्ने उद्धेश्यले गरिएको बताउनुभयो ।
यो घटनाको विषयमा जसलाई शंका गरिएको छ त्यस समुहले नभएर बामपन्थि शक्तिहरुको विजयबाट आत्तिएका तत्वहरुको पराजित मानसिकताको पराकाष्ट रहेको राईको दावी छ ।
कार्यक्रममा क्षेत्र नं १ का बाम गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईले सुरक्षा निकाय गम्भिर भएर उम्मेदवारहरुको सुरक्षामा लाग्नुपर्ने बताउनुभएको छ ।