कात्तिक–२९, पूर्व सुचना तथा सञ्चारमन्त्री एवम प्रदेश सभा (ख) का वाम गठबन्धन उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधवार जिल्ला प्रहरी कार्यालय भोजपुरमा उमेदवारहरु सहितको सर्वदलिय बैठक पछि दलका कार्यक्रम र उमेदवारको सुरक्षालाई थप कडाइ गर्ने निर्णय भएको हो ।
छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले प्रशासन र सुरक्षा निकायको समन्वयको अभाव देखिएको भन्दै आफुहरुको सुरक्षामा प्रहरी प्रशासन असफल भएको जनाएका थिए । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार उमेशजंग रायमाझिले जिल्लाको सुरक्षा निकाय र प्रशासनले समन्वय गर्नु पर्ने बताए । प्रदेश सभा (क) का उम्मेदवार अजम्बर राई काङमाङले प्रशासनलाई गम्भीर हुन आग्रह गरेका थिए । आक्रमणमा परेका प्रदेश सभा (ख)का बाम गठबन्धनका उम्मेदवार शेरधन राईले निर्वाचनमा उमेदवारहरुको सुरक्षा व्यवस्थामा स्थानीय प्रशासन गम्भिर र संवेदनशिल नदेखिएकाले स्थानीय प्रशासनलाई गंभीर र संवेदनशिल हुन ध्यान आकर्षण गराइएको बताए ।
प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उम्मेदवार र राजनैतिक दलहरु संग छलफल गरि सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । हाल शेरधन राई संग मात्र अङ्गरक्षक रहेकोमा थप पाँच जना उम्मेदवारलाई पनि अङ्गरक्षक उपलब्ध गराइएको बताए । वाम गठबन्धनका उम्मेदवार प्रदेश सभा (क) का राजेन्द्र कुमार राई र प्रतिनिधि सभाका उम्मेदवार सुदन किरातीलाई अङ्गरक्षक पठाइएको छ । यसै गरि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रदेश सभा (क) का अजम्बर राई काङमाङ प्रदेश सभा (ख) गोविन्द बहादुर कार्कि र प्रतिनिधि सभाका उेम्मेदवार उमेश जंग रायमाझिलाई अङ्गरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारि चेतराज बरालले बताए । चुनावि सभा र कार्यक्रममा सुरक्षामा थप गरि उम्मेदवारलाई कार्यक्रम स्थल सम्म पुगेर फर्कन सुरक्षा व्यवस्था गरिने बरालले बताए । प्रदेश सभा (ख) का उम्मेदवार शेरधन राईलाई आक्रमण गर्नेको पहिचान भैनसकेपनि नजिक पुगेको बरालले बताएका छन् । खोजि कार्य जारि छ नतिजा हात परिसकेको छैन बरालले बताए ।
दलहरु र उम्मेदवारले शेरधन राई माथि भएको आक्रमणको विरोधमा बुधवार संयुक्त रुपमा विज्ञप्ती समेत निकालिएको थियो । विज्ञप्तीमा राईको ज्यान लिने उदेश्यका साथ संगठित शक्तिबाट सुनियोजीत रुपमा सांघातिक हमला भएको भन्दै निन्दा र भत्र्सना गरिएको छ । विज्ञप्ती मार्फत दलहरुले निर्वाचनमा उमेदवारहरुको सुरक्षा व्यवस्थाकम प्रशासन गंभीर र संवेदनशिल नदेखिएको भन्दै स्थानीय प्रशासनलाई गंभीर र संवेदनशील वनाउन नेपाल सरकारको ध्यानकर्षण समेत गराएका छन् । (चोमोलुङमा एफ.एम. भोजपुरबाट प्राप्त समाचार)