प्रदीपचन्द्र राई, भोजपुर
कात्तिक–२९ , संघीय समाजवादी फोरम नेपालका जिल्लास्तरीय नेता एमालेमा प्रवेश गरेका छन । बुधबार बामगठबन्धनको टेम्के मैयुङ गाउँपालिका–३ अन्नपुर्णमा भएको संयुक्त चुनावी सभामा सङरघीय समाजवादी फोरम नेपालका जिल्ला स्तरीय हर्कराज राई एमालेमा प्रवेश गरेका हुन् ।
ससफोका हर्कराज राईसँगै नेपाली कांग्रेसका दुई जना कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट प्रवेश गर्नेहरुमा अन्नपूर्ण गाउँस्तरीय नेता ईन्द्र थापा र खम्बासेर राई पनि बुधबारकै चुनावी सभा कार्यक्रमका बीच एमालेमा प्रवेश गरेका हुन ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशतर्फ भोजपुर क्षेत्र (क)का उम्मेदवार राजेन्द्रकुमार राई र नेकपा एमालेका केन्द्रीय सदस्य हरीबहादुर राईले फूलमाला तथा अबिरजात्रा गराएर एमालेमा प्रवेश गराएका थिए । र्हकराज राई एमाले छाडेर संघीय समाजवादी फोरममा सक्रिय थिए भने कांग्रेसबाट प्रवेश गर्ने थापा र राई लामो समयदेखि कांग्रेसका सक्रीय कार्यकर्ता थिए । एमालेले लिएको नीति र राष्ट्रियताको एजेन्डालाई आत्मसाथ गर्दै एमालेमा प्रवेश गरेको उनीहरुले बताए ।