खोटाङ । खोटाङ दोस्रो पटक पुनः कोरोनामुक्त जिल्ला बनेको छ । कोरोनाबाट संक्रमित खोटाङका ११ जना नै संक्रमित उपचारपछि डिस्चार्ज भएपछि कोरोनामुक्त जिल्ला बनेको हो ।

यसअघि, असार पहिलो साता चार जना संक्रमित निको भएपछि खोटाङ कोरोना संक्रमणमुक्त बनेको थियो ।
पुनः खोटाङका सात जनामा संक्रमण पुष्टि भएको थियो । हाल खोटाङका ११ जना नै संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् ।

खोटाङमा ६५५ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।



1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here