नेपालमा बिहीबार १०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४घण्टामा ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण जानकारी दिए ।

बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here