काठमाडौं १० वैशाख । नेपालमा फेरि थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । दयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहका तीन जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २६ पुगेको छ नेपालमा कुल संख्या ४५ पुगेको छ । ४५ जनामा आजसम्म ७ जना निको भएर घर फर्किएका छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here