माउण्ट एभरेष्ट बोर्डिङमा ३६ बेडको क्वारेन्टाइन निर्माण सुरु, सेना र रेडक्रसले पनि सघाउँदै

0
198

खोटाङ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको पूर्व तयारी स्वरुप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा २६ बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ ।

नगर प्रमुख (मेयर) दिप नारायण रिजालले क्वारेन्टाइन निर्माणको काम आज (मंगलबार) बिहानैबाट सुरु भएको र बेलुकीसम्म निर्माण सम्पन्न हुने जानकारी दिए ।

उक्त क्वारेन्टाइन नगरपालिका, नेपाली सेनाको श्री गोरखनाथ गण मुडे, नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहकार्यमा निर्माण भइरहेको छ । मेयर रिजालका अनुसार क्वारेन्टाइनका लागि भवन बोर्डिङ स्कुलले उपलब्ध गराएको छ, रेडक्रसले कम्बल लगायतका सामग्री उपलब्ध गराउनेछ भने नेपाली सेनाले निर्माणमा सहयोग गरिररहेको छ । नगरपाीलकाले भौतिक संरचना निर्माणको बाँकी कामको जिम्मा लिएको छ ।क्वारेन्टाइनमा कम्तिमा ५ जना चिकित्सक राख्ने तयारी गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सक उपलबध गराउनेछ ।

जिल्ला समन्वय समितिको अगुवाईमा सोमबार बसेको बैठकले क्वारेन्टाइन निर्माणका लागि स्थान उपलब्ध गराएकोमा माउण्ट एभरेष्ट बोर्डिङ स्कुललाई धन्यवाद दिएको थियो । बैठकले जिसस प्रमुखको संयोजकत्वमा कोराना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि समिति गठन समेत गरेको थियो ।

प्रतिक्रिया