खोटाङ भदौ–२७, अघिल्लो शैक्षिक शत्रमा खोटाङका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट वनेको पञ्च मावि दिक्तेलले फेरि उत्कृष्टता हासिल गरेको छ । शैक्षिक वर्ष २०७४/०७५ मा १ नम्वर प्रदेशवाट जिल्लाकै उत्कृष्ट विद्यालयको पुरस्कार पाएको उक्त मावि यस शत्रमा पनि पुरस्कृत भएक्को छ ।

जिल्लाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट कार्य सम्पादन गरेकामा पञ्च माविलाई सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले पुरस्कार प्रदान गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवशरमा १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले पञ्च माबिका प्रअ भवकृष्ण ढकाललाई नगद दुई लाख सहित कदरपत्र प्रदान गर्नुभएको छ ।

२०२४ सालमा स्थापना भएको पञ्च माविले यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदान गर्दै आएको उत्कृष्ट नगर विद्यालयको पुरस्कार पनि प्राप्त गरेको थियो ।

शैक्षिक सत्र २०६९/०७० यता जिल्लामै सन्तोषजनक नजिता देखाइरहेको पञ्च मावि शैक्षिक सत्र २०७१/०७२ को एसएलसीमा ८५ प्रतिशत परीक्षार्थी उतीर्ण गराएर जिल्लाकै उत्कृष्ट विद्यालय बनेको थियो । पञ्च माविले २०६९ सालदेखि प्राविधिक शिक्षा अन्तरगत बाली विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको छ ।

यस्तै, खोटाङका संस्थागत विद्यालयतर्फ दिक्तेल ईङलिस सेकेण्डरी वोर्डिङ स्कुल उत्कृष्ट भएको छ । संस्थागत विद्यालयतर्फ उत्कृष्ट कार्यसम्पादन गरेकामा दिक्तेल अंग्रेजी माविलाई सामाजिक विकास मन्त्रालयले नगद एक लाख सहित कदरपत्र प्रदान गरेको छ ।

मूख्यमन्त्री राईले दिक्तेल ईङलिस सेकेण्डरी वोर्डिङ स्कुलका शिक्षक धनकर्ण श्रेष्ठलाई नगद तथा कदरपत्र हस्तान्तरण गर्नुभएको हो ।