खोटाङमा खुकुरी प्रहार गरी श्रीमतिको हत्या

खोटाङ भदौ–२०, खोेटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका युवाले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेको छ । नगरपालिकाको २ नम्बर वडामा पर्ने सोल्माका ३३ वर्षिय सिताराम राईले ३० बर्षीया श्रीमति देविका राईलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएका छन् ।

राईले २०७६ भदौ १९ गते साँझ श्रीमतिलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । श्रीमतिको हत्या गरेका राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएका छन् ।

हत्याको कारण भने खुलेको छैन् । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको भनाई छ ।