नेकपा खोटाङको ईन्चार्जमा विशाल भट्टराई

0
1202

साउन–५ खोटाङ,  नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)खोटाङको इन्चार्जको जिम्मेवारी विशाल भट्टराईलाई दिईएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले जिल्ला इन्चार्जमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएको भट्टराईलाई तोकिएको हो ।

यस्तै, पूर्वसभाषद समिता कार्की, पूर्वसभाषद दुर्गाजयन्ती राई, प्रदेशसभा सदस्य राजन राई, प्रदेशसभा सदस्य रामकुमार राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।

बिशाल र राजन पूर्वएमाले तथा समिता, दुर्गाजयन्ती, रामकुमार पूर्वमाओबादीका नेता हुन् ।
सत्तारुढ नेकपाले एकैसाथ ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सहईन्चार्जको टुंगो लगाएको हो ।

प्रतिक्रिया