प्रलेस वहिर्गमन- एउटै बोटका स्याउहरु उस्तै र उत्रै हुँदैनन

0
518

प्रेमिला राई
समय निकै घर्ड्किदो छ । समयको गति पछ्याउन सक्नुलाई सफलता मानिन्छ । समयलाई रोकन सकिन्न । तर समय संगै हातेमालो गरेर जान भने सकिन्छ र त्यहीँ संकल्प गर्न जरुरी छ । मान्छे आफैमा सर्वश्रेष्ठ प्राणी । चेतना र विचार अर्थात चिन्तनले सर्वश्रेष्ठ तुल्याएको हो । अन्यथा सबै प्रकृया या त प्रकृति अरु प्राणी भन्दा के फरक त ? सबै समय सान्दर्भिक नै उपयुुक्त हुन्छ । समय पक्रन सक्नु तपाईं साँच्चै गतिशिल हुनु हो । त्यो गतिले तपाइँलाई पक्कै सफल तुल्याँउछ । सचेत तुल्याँछ । तपाइको चिन्तन, आदर्श अनुबन्धित हुनु भनेको तपाईं कसैको ठेक्काको एक अंश हुनु हो । विचार आफैमा स्वतन्त्र हुनुपर्छ । स्वचालित हुनुपर्छ । परिचालित विचार आफैमा खतरापुर्ण हुन्छ । न कि जहाँ पनि दुर्घटना हुन सक्छ । समयको स्वतन्त्र हकदार हुन नपाउनु तपाइँमाथिको शोषण हो । मान्छे स्वभाविक परिवर्तनशिल प्राणी हो । परिवर्तनको नाममा पतन हुनु त्यो अस्वभाविक हुन्छ । सन्दर्भ प्रगतिशील लेखक सङ्घ बहिर्गमन को हो ।

प्रगतिशील लेखक संघ आफैमा एउटा झुण्ड हो । मैले यसबारे त्यती बिघ्न टिक्का टिप्पणी गर्नु उपयुक्त ठान्दिन । न कि म यो सङ्गठनको आधिकारिक जिम्मेवार पात्र पनि होइन । यधपी प्रगतिशील लेखक संघको जुन संरचना थियो र छ त्यसमा परिवर्तन ल्याउने जिम्मेवारी तपाईं हाम्रो काँधमा थियो । र त्यो संकल्प सबैले गरेका थियौँ । विभिन्न आरोह अवरोह मा निसंदेह डटेर आज प्रगतिशील लेखक संघ एघारौं राष्ट्रिय सम्मेलनको संघारमा उभिएको छ । प्रगतिशील लेखक संघलाई यतिको आकार दिन या भत्काउनमा फेरि पनि हाम्रै संलग्नता रहेको विदितै छ ।

हिजो जुन एउटा समूहले प्रगतिशिल लेखक संघमाथि असन्तुष्टि जाहेर गर्दै बाहिरिए त्यो स्वभाविक थियो र छ । एउटै बोटका स्याउहरु उस्तै र उत्रै हुँदैनन । मान्छेका विचार, चिन्तन त स्वभाविक फरक हुन्छ । हाम्रा चिन्तन स्थिर हुनुपर्छ त्यो पनि होइन । तर विचारमाथिको जबरजस्त निर्देशनले इच्छा विपरित परिवर्तित हुनु ठूलो अन्याय हुनेछ । आफैमाथीको महा अन्याय हो । हामी के अपेक्षा राखौँ ? कि यी अनुबन्धित विचारहरुले के आम नखुलेका स्वरहरुलाई मुक्ती देला त ? आम उत्पिडित वर्गलाई उन्मुक्ती देला त ? अब शंका छ । क्रान्ति सम्भव होला या नहोला ? क्रान्ती के का लागि त ? शंका छ । विचलन डरलाग्दो कुरा हो । यसले बेजोड दुर्घटित तुल्याउँछ । जिल्ला सम्मेलन हुँदै प्रदेश सम्मेलन सम्म र राष्ट्रिय सम्नेलनको अन्तिम घडिसम्म पनि निर्वाध रुपमा डट्नु र लाग्नु भनेको प्रगतिशील लेखक संघप्रतिको लगाव र झुकाव नै हो । आज त्यही सम्मेलनको अन्तिम घडिमा संघार नाघेर जानू सुन्दा जस्तो सुनिन्छ यथार्थमा अझ अस्वभाविक हुन जान्छ । पार्टी चेन अफ कमान्ड स्विकार्य छ । तर यसरी समय चिन्न नसक्ने नेतृत्व र त्यसको दास कार्यकर्ताहरुप्रती खेद छ । अब यति ठूलो आन्दोलनमा होमिनुभएका तपाइँहरु त दास हुनुहुन्छ भने उन्मुक्तिको झुट सपना नदेखाउनु नै उत्तम हुन्छ । नत्र भने यस्तो परम्परा तोड्न सक्नु पर्छ । तपाईंहरुको समय आएको छ । दासत्वको पर्खाल त ढाल्नै पर्छ । निर्णय एकतर्फि हुनु भनेको महाँ सामन्तवाद लाद्नु हो । हाम्रा विश्वासको पहाडहरु सामन्त स्विकार्नुहुन्छ र प्रतिवाद गर्न सक्नुहुन्न यो एकदम दुखद कुरा हो । विचारहरु निरीह उभिनु , झोक्राउनु दुखद कुरा हो । उन्मुक्ती सपना देखाउन चाहनुहुन्छ भने कमसेकम आफै त उन्मुक्त हुनुहोस । विद्रोह गर्न सक्नुपर्छ । त्यो दम्भ हुनुपर्छ ।

हुन सक्छ परिस्थिती असहज छ । तर प्रगतिशील विचारमाथी नै असन्तुष्टीको ट्याग लगाउनु या त सहयात्रामा सामेल हुन नसक्नु भनेको हार स्विकार्नु हो । वैचारिक स्खलन हुनु हो । अझ भनौँ दुई दिन अगाडि सम्म यो संघबाट बाहिरिनेहरुको कडा भन्दा कडा आलोचना र टिक्का टिप्पणी गर्ने तपाईं तमाम श्रद्वेय अभियान्ता ज्यु हरु आज एकाएक बिना कारण संघबाट बाहिरिनु जति राम्रो देखिएको छ तर त्यति गलत छ । गलत भयो । यो निर्णयले नबोल्नेहरुको भाका फोर्ने, निदाएकाहरुलाइ ब्युंताउने आम मुक्तिको आन्दोलन अब सशंकित ठहरिनेछ । आन्दोलनप्रतिको धारणा अब परिवर्तन हुनेछ । अन्तमा प्रगतिशील लेखक संघ आफैमा सबैथोक होइन तर फेरि पनि केही त हो । बाहिरिनु हुने तमाम लेखक विचारक ज्युहरुलाई सहानुभूति छ । रहनेहरुलाई शुभकामना ।

प्रतिक्रिया