काठमाडौं जिल्ला अदालतको आदेश- अमेरिकी दूतावासका प्रतिनिधि बोलाइयो

0
460

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीको रुपमा आउन आदेश जारी गरेको हो ।

अमेरिकी डिभी चिट्ठा परेका एक नेपालीको मुद्दामा साक्षी बकपत्रका लागि दूतावासका प्रतिनिधिलाई बोलाउन आदेश दिएको हो ।अदालतले ‘प्रिभिलेज’ व्यक्ति हो कि होइन, के का आधारमा मुद्दा चलाइएको भन्दै विषयमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले बताएको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया