खोटाङ माघ–१५, किराती सभ्यताको उद्गम स्थल मानिने खोटाङस्थित तुवाचुङ–जायजुमको प्रचारप्रसार तथा प्रबद्र्दन गर्ने उदेश्यका साथ सोही स्थानसँग सम्बन्धित गीति भिडियो निर्माण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित किराती इतिहास, सभ्यता तथा सीपसँग जोडिएको रमणिय तुवाचुङलाई गीति भिडियोको माध्यमबाट संसारभर परिचित गराउने उदेश्यका साथ सोही स्थानको परिचय झल्कने गीतको भिडियो निर्माण शुरु गरिएको हो । 
नेपालको प्रख्यात त्रीधार्मिक स्थल हलेसी नजिकै रहेको उक्त रमणीय ऐतिहासिक पर्यटकीय थलोलाई बिकास तथा प्रबद्र्दन गर्दै किराती सभ्यता र इतिहासको समेत जगेर्ना गर्न गीति भिडियो निर्माण गर्न लागेको निर्माता, संस्कृतिकर्मी, वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले बताउनुभयो । किराती आदिम पुर्खाहरु तयामा, खियामा र खाक्चिलपको मिथकसँग सम्बन्ध राख्ने तुवाचुङ प्रबद्र्घनका लागि सामान्य नै भए पनि भिडियो संग्रहित गर्न लागि परेको निर्माता राईको भनाई छ । 
बिश्वभर छरिएका किरातीहरुको पबित्र आस्था तथा गन्तब्य स्थलको रुपमा स्थापित गर्नका लागि तुवाचुङ सेरोफेरोसँगै किराती जागरण झल्कने ‘जाउँ, जाउँ, जाउँ तुवाचुङ जाउँ..’बोलको गीतमा भिडियो निर्माण गर्न शुरु गरिएको जनाईएको छ । देशबिदेशका किरातीहरुको महाअभियानमा यही बर्ष तयामा, खियामा र खाक्चिलपको प्रतिमा समेत उक्त स्थानमा प्रतिस्थापना गरिएको छ । 
सो पबित्र स्थलमा सबै किराती तथा गैरकिराती कम्तीमा जीवनको एक पटक पुग्नै पर्छ भन्ने भाव बोकेको गीतलाई किरात राई योयोक्खा केन्द्रीय कार्य समितिको पुर्ब अध्यक्ष सुमायाँ राईले लेख्नुभएको हो । सुन्दर पहाडी तथा हिमाली श्रृंखलाको अवलोकन गर्न सकिने रमणीय डाडाँको बर्णन गरिएको सो गीतमा स्वयम जीतेन राईको संगीत तथा जीतेन राई, सरला राई, जानुका राई र ईशक राईको स्वर रहेको छ ।
 भिडियोलाई तामझाम नबनाई सामान्य रुपमा किराती दस्ताबेजको रुपमा उतार्ने तय भएको निर्देशक रोशन राईले बताउनुभयो । यस कार्य सबैको साझा दायित्वको भएकोले स्वयमसेवी रुपमै भिडियो निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । 
हङकङ निवासी समाजसेवी मनि चाम्लिङको क्यामेरा छायाँङ्कनमा गीति भिडियो निर्माण हुने छ । 
    केही तस्बिर