चैत्र २०७३ मा पेट दुखेपछि तेजबहादुर उपचारका लागि ‘अल मना’ हस्पिटल पुगेका थिए । अप्रेशनको दुई दिनपछि उनलाई अस्पतालले डिस्चार्ज समेत गरेको थियो । तर, फेरि असहज भएपछि उनी हस्पिटल जाँदा एपेन्टिसाइडको अप्रेशन सफल नभएको भन्दै पुनः अप्रेशन गर्नुपर्ने जनायो । पुनः अप्रेशनपछि उनी बोल्न हिड्न र चाल पाउन समेत नसक्ने भए ।
अस्पतालले गल्ती स्वीकार्दै क्षतिपूर्ति समेत दिएको थियो । अस्पतालले ४१ लाख रूपैयाँ क्षतिपूर्ति र डाक्टरसहितको टोलीले गत असोज १२ गते नेपाल ल्याएर छाडिदिएको थियो ।
नेपाल ल्याइपुर्याएकै दिन शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उनलाई भर्ना गरियो । महिना दिन अस्पताल राखियो । लाखाैं रूपैयाँ सकियो तर सफल भएन तेजबहादुरको उपचार । जति उपचार गर्दा पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले भन्यो, ‘यहाँ राखेर खर्च मात्रै बढ्छ, बरु घरनजिकैको अस्पतालमा लानुस् जे जस्तो उपचार हुन्छ, हुन्छ । तर, उहाँको अवस्था सुधार हुँदैन ।’
गंगालाल अस्पतालको सुझावपछि परिवारले तेजबहादुरलाई वीपी कोइराला मेमोरियल कलेज धरानमा लग्यो । तर त्यहाँ तेजबहादुरलाई भर्ना गरिएन । अस्पतालले आफूले उपचार गर्न नसक्ने बरु घरमै लगेर हेरचाह गर्न सुझाव दिएपछि तेजबहादुर साउदीमा आफैंले दुःख गरेर इटहरमिा बनाएको घरमा अचेत अवस्थामा बस्दै आएका थिए । उनी, खान, बोल्न, चटपटाउन, मुस्कुराउन मात्र हाेइन अरूले बाेलेकाे सुन्न र अरूलाइ चिन्न नसक्ने अवस्थामा थिए । सोही क्रममा शुक्रबार उनको निधन भएको हो ।
करिब २८ वर्षमा निधन भएका उनको परिवारमा अामा बुवा, दिदिहरू र एक भाइका साथ तीन वर्षका एक छोरा र एक श्रीमती छन् ।