
खोटाङका विभिन्न स्थानमा गएराति चट्याङ लागेर तीन जनाको निधन भएको छ ।
एकाएक परेको पानीसँगै चट्याङ खस्दा लामिडाँडा–४ का २० वर्षीय बालकृष्ण
श्रेष्ठ, खार्पा–२ का ५० वर्षीय रामबहादुर राई र नुनथला गाविसका नाम खुल्न
नसकेको एक व्यक्तिको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै रासस खबरले जनाएको छ
।
यसैबीच खोटाङकै दुवेकोलमा एउटा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शवको पहिचान भइसकेको छैन ।

