
असार ८ – वैदेशिक रोजगारका लागि कतार पुगेका खोटाङका एक जनाको हृदयघातका कारण मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि एक बर्षअघि कतार पुगेका खोटाङ बतासे–३ का ३० बर्षका कबिन राईको हृदयघातका कारण मृत्यु भएको हो ।वुधवार कतारको रैयानस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण मृत्यु भएको राईसँगै बस्ने चन्द्रसेर राईले टेलिफोन मार्फत उनको मृत्युको खबर दिएका हुन् ।
कतारको हमादस्थित अस्पतालमा राखिएको राईको शब परराष्ट्र मन्त्रालय मार्फत नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ । बिदेश जाँदा लिएको ऋण नतिरी राईको मृत्यु भएपछि परिवारलाई ऋण तिर्ने चिन्ता परेको मृतकका परिवारजनले आफ्नो पीडा सुनाएका छन् ।
गएको बैसाख यता वैदेशिक रोजगारीको सिलसिलामा बिदेश पुगेका खोटाङका तीन जनाको उतै मृत्यु भइसकेको छ ।
