माघ–१९, खोटाङमा पहिलोपल्ट उत्पादन हुन लागेको पिपिपि मोडलको मेवाखोला जलविद्यूत आयोजनाको शिलान्यास गरिएको छ ।
जिल्लाका राजनीतिक दल, सरकारी तथा गैंर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सरोकारवाला, पत्रकार लगायतको उपस्थितिमा लफ्याङ गाविसको मेवाखोला दोभानमा भएको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जलविद्यूत आयोजनाको शिलान्यास गर्नुभएको हो ।
जिल्लाका सरकारी कार्यालय, गैर–सरकारी संस्था एवं सर्वसाधारण सबैले स्वामित्व लिन पाउनेगरी शेयर खुल्ला गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी राजनीतिक दल तथा सरोकारवालाहरुले समुदायको प्रत्येक्ष सहभागिता रहनेगरी जिल्लामै पहिलो जलविद्यूत आयोजना निर्माण हुनलागेको भन्दै आफूले सक्दो सहयोग गर्ने बताएका छन् । यस्तै, विद्यूतको शिलान्यास गर्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आयोजना सम्पन्न गर्नमा सबैको सहयोग अपरिहार्य हुने बताउनुभएको छ ।
साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवर्धनमा उत्पादन हुन लागेको एक मेगावाट क्षमताको मेवाखोला साना जलविद्यूत आयोजनाको सोमबार शिलान्यास गरिएको हो ।
जिल्लाका राजनीतिक दल, सरकारी तथा गैंर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सरोकारवाला, पत्रकार लगायतको उपस्थितिमा लफ्याङ गाविसको मेवाखोला दोभानमा भएको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जलविद्यूत आयोजनाको शिलान्यास गर्नुभएको हो ।
समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना १७ करोडको लगानीमा पूरा हुने साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष तथा पूर्व सभाषद् अर्जुन राईले जानकारी दिनुभयो । आयोजना पूरा भएपछि खोटाङलाई लोडसेडिङमुक्त जिल्ला बनाउने जिल्ला विकास समितिको पञ्च वर्षीय योजनालाई पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ । आयोजना पूरा गर्नकालागि जिल्लाका सबै राजनैतिक दलहरुले पनि प्रतिबद्धता जनाइसकेका छन् ।
सार्वजनिकि निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन हुने जिल्लाकै पहिलो सामुदायिक जलविद्युत उत्पादनकालागि कम्पनीले पहिलो चरणमा प्रतिकित्ता एक सय पर्ने एक लाख कित्ता शेयर खुल्ला गरिसकेको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो ।