चैत्र–७, खोटाङको च्यास्मीटार–४ दाल्फुलाई गाबिसकै पहिलो धुवाँमुक्त क्षेत्र घोषणा गरिएको छ । वडाका सबै ३० घरधुरीमा सुधारिएको चुल्हो निर्माण सम्पन्न भएपछि दाल्फुलाई धुवाँमुक्त क्षेत्र घोषणा गरिएको हो । 
स्थानीयको आफ्नै पहलमा सुधारिएको चुल्हो निर्माण अभियान सकिएपछि शुक्रबार हलेसी बिकास मञ्चकी परिचालिका मनिषा राई र स्थानीय बृद्ध बागबर्ण राईले वडालाई  धुवाँमुक्त क्षेत्र घोषणा गरेका हुन् । 
तिहारमा देउसी खेलेर संकलन भएको रकमबाट सुधारिएको चुल्हो बनाउने तालिम सञ्चालन गरेपछि प्रत्येक घरमा सुधारिएको चुल्हो निर्माण सफल भएको स्थानीय सिर्जनशील सिर्जनात्मक एकता युवा समुहका मात्रिका चामलीङले जानकारी दिनुभयो । सुधारिएको चुल्हो निर्माण अभियानपछि गाउँमा प्रयोग हुँदैआएको पूरातनशैलीको चुल्हो बिस्थापित भएको छ ।