खोटाङ, असोज २६ । खोटाङ सदरमुकाम दिक्तेलमा नाटक ‘देशको मुटु दुखेको छ’ मञ्चन गरिएको छ । खोटाङकै बुईपाका श्रष्टा ओमप्रकाश घिमिरे (अटल क्रान्तीकारी)को नाटक जिबिसको समिक्षालय हलमा मञ्चन गरिएको हो ।
पछिल्लो समय सन्देशमुलक सडक नाटक तथा हाँस्याव्यंग्या प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियासिलतामा स्थापना गरिएको भ¥याङ नाट्या समुहले मंगलबार नाटक मञ्चन गरेको हो । बेरोजगारी समस्या, रोजगार खोज्दै परदेसिने युवाको पीडा, गाउँमा युवा नहुँदा बृद्धबृद्धाले खेप्नु परेका लगायतका समस्या समेटिएको नाटकले घरेलु दर्शकको मन छोएको छ ।
‘देशको मुटु दुखेको छ’ नाटकमा भ¥याङ नाट्य समुहका कलाकारहरु ।
|
सम्पत्ती कमाउने नाममा बिदेशमा ज्यान गुमाएर कफनमा फर्काइने युवा, पैसाको सट्टा रित्तै फर्कने युवा, जवान छोराछोरीको अभावमा बुढेसकालमा बाबुआमाले पाएको दुःख लगायतका दृश्याले दर्शकलाई भावबिह्वल बनायो । ‘परदेशमा पैसा कमाउन सजिलो छैन, त्यही भएर यही ठाउँमा दुःख गरौँ,’ नाटकको मूख्या भावका विषयमा प्रष्ट पार्दै भ¥याङ नाट्या समुहका कोषाध्यक्ष योगीन राईले भने, ‘दुःख गर्ने हो भने हाम्रा लागि यही छ बिदेश ।’
नाटकका माध्यमबाट जिल्लामा सचेतनामूलक सन्देश प्रबाह गर्दै आएको नाट्या समुहले दर्शकबाट शुल्क लिएर नाटकको व्यवसायीक अभ्यास सुरु गरेका हुन् । जिल्लामा नाटकलाई स्टेजमा उतार्ने र दर्शकलाई मनोरञ्जन दिने औपचारिक प्रयास शुन्य थियो । यसको अभाव अनि महत्वलाई मध्यनजर गर्दै जिल्लाका सिकारु कलाकारको समुहले केही समयअघि नाट्या समुह दर्ता गरेका हुन् । हलमा नाटक हेर्न आएका दर्शकको सहभागीता, प्रतिक्रिया र प्रोत्साहनले उत्साहित बनाएको भ¥याङ नाट्या समुहले जनाएको छ । नाटकमा दर्शकले योगीन राई, प्रकाश रिजाल, राजेन्द्र ढुंगाना, सञ्जीव राई, सुजन श्रेष्ठ, यशोधा राई, देबी राई, मायाँ राई, पर्सना राई, सबिना राई लगायतले आफ्नो कला देखाए । नाट्या समुहले महिना दिनअघि मेम्बर राईको नाटकलाई रंगमञ्चमा उतारेको थियो ।
व्यवसायीक कलाकार नभएपनि नाट्या समुहका कलाकारको कला अन्य व्यवसायीक कलाकारकोभन्दा फरक नभएको दर्शकको टिप्पणी छ ।