खोटाङ भदौ–७, नेवार समुदायले धुमधाम मनाउने गाईजात्रा खोटाङमा यो बर्ष पनि औपचारिकतामै सिमित गर्नुपरेको छ । गत बर्ष कोरोनाको कारण भव्य बनाउन नसकेको जिल्लाका नेवार समुदायले यो बर्ष पनि कोरोनाकै कारण घरभित्रै मनाउन बाध्य बनेका हुन् ।
नेवार समुदायको बाक्लो बसोबास रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अनियन्त्रित रुपले कोरोना फैलिएको भन्दै एक गतेदेखि १० दिनको लागि बन्दाबन्दी गरिएकोले गाईजात्रको रौनक नदेखिएको हो । उक्त नगरपालिकाको दिक्तेलबजार, बुइपाबजार, खार्मी, दोर्पा लगायतका स्थानका नेवार समुदायले धुमधामका साथ जात्रा मनाउँदै आएका थिए । कोरोना र बन्दाबन्दीका कारण बर्षभरि निधन भएकाको घर घरमा मृतकको तामचा(प्रतिक) बनाई पुजाआजा गरी औपचातिकता मात्र पूरा गरिएको जनाईएको छ ।
यस बर्ष दिक्तेलबजार सामाजीक गुठीले पनि लाखेजात्रामा प्रयोग गरिने सामाग्रीहरुको क्षमा पुजा मात्र गरी सु गर्ने निर्णय गरिएको गुठीका सचिब नुरकाजी सैजुले बताउनुभयो । निधन भएकाहरुको तामचालाई विहानैदेखि लाखेसँंगै गुठीयार सदस्यको घरघरमा श्रदाञ्जल्ली दिँदै डुलाउने दिक्तेलबजारका नेवार समुदायको चलन छ । रामायन गाउँदै निधन भएकाहरुको तामचा पु¥याएर पुजा गर्ने र साँझ घाम अस्ताएपछि कुवा–धाराको मुहान अथवा बर–पिपलको फेदमा सेलाईने चलन रहेको सचिब सैंजुको भनाई छ ।।