
खोटाङ साउन–२५, हङकङमा रहेका खोटाङका नागरिकहरुले जन्मभूमिको लागि ९ लाख बढीको स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । कोराना महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउनका लागि समाजले जिल्लाका लागि ९ लाख ५२ हजार ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।
खोटाङ समाज हङकङले २ लाख, समाजका पूर्व अध्यक्ष टिका कोयीबाट एक लाख रुपैयाँ र समस्त हङकङबासी खोटाङे नागरिकबाट संकलन गरिएको उक्त रकम बराबरको समाग्री प्रदान गरिएको हो । जिल्ला समन्वय समितिको प्राङ्गणमा समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
हाल हङकङमा बसिरहेका खोटाङ्गेले स्थापना गरेका खोटाङ समाज हङकङको अगुवाई तथा समाजका अध्यक्ष निक घोतानी गुरुङको संयोजकत्वमा सहयोग अभियान सञ्चालन गरिएको जनाईएको छ । सहयोग अभियानका क्रममा संकलित रकमबाट संगीतकर्मी पदम थुलुङले काठमाण्डौंमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको हो । १० स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहमा करिब ९० हजार बराबरको स्वास्थ्य सामग्री पुग्ने समाजले जनाएको छ ।
कोराना महामारीमा आफ्नो जन्मभूमिमा बाँच्ने र बचाउने अभियान सफल बनाउनका लागि गाँस काटेर स्वास्थ्य सामग्री जुटाइएको समाजका सदस्य राईले बताउनुभयो । हङकङलाई कर्मथलो बनाएर समाजले यस अघि पनि बिभिन्न परोपकारी कार्य गर्दै आएको छ । यसअघि जिल्लाका लागि आँखा अस्पताल समेत स्थापना गरिदिएको खोटाङ समाज हङकङले जिल्लामा प्राकृतिक बिपत्तिमा परेकाहरुलाई आकस्मिक राहत दिलाउन २८ लाख बढीको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष स्थापना गरिदिएको छ ।
हङकङमा स्थापित समाजले नेपाली कला, संस्कृति, भाषा तथा साहित्यको उत्थान र प्रबद्र्दनमा समेत योगदान पु¥याउँदै आएको छ । कोरोनाका कारण निरन्तरता दिन नसके पनि बर्षेनी नेपाली कला–साहित्यको टोली लैजाँदै हङकङमा ‘खोटाङ हलेसी साँझ’ नामक कार्यक्रम आयोजना गर्दे आएको छ । समाजले जिल्ला तथा देशका सवै नागरिकलाई एकजुट भई जन्मभूमिका लागि योगदान पु¥याउन सन्देश दिँदै आएको छ ।।
