खोटाङ । खोटाङ जिल्ला समन्वय समिति संयोजक बबी चाम्लिङलाई मातृशोक परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ प्रदेश कमिटी सदस्य समेत रहेका जिसस प्रमुख बबीको आमाको सोमबार बिहान १०२ वर्षको उमेरमा निधन भएको हो ।

संयोजक चाम्लिङले आज बिहान ३ः५५ बजे आमाको निधन भएको जनाएका छन् । यसअघि, संयोजक चाम्लिङले आइसोलेशनबाट आमालाई सम्झिदैं एक पत्र लेखेका थिए ।

उनले आमालाई सम्झिदैं लेखेका थिए, ‘कोरोनासंग लडाइ लडिरहेको अबस्थामा स्वास्थ्य कर्मीको नाताले जनताको स्वस्थ्य जिबन लागी काम गरि रहेकी तपाइको स्याहार सुसार गर्ने बुहारीलाइ पनि कोरोना संक्रमित भए छ। हामी आइसोलेसनमा छौ तपाइ १०२ बर्षे बृध,लामो समय देखिको ओछ्यान पर्न्रु भएको जिण शरिर, होस कम भएको अबस्थामा छाडेर आइसोलेसन बसिरहनु पर्दा नमिठो लाग्नु सोभाबिकै हो। मेरो खोजी गर्दै कान्छा खोइ भन्दै खोजी गर्नुहुन्थ्यो रे दाजुहरुबाट जानाकारी पाउथे। तर के गर्ने आमा आफ्नो स्वास्थ्य,संक्रमण रोगको कारण अनि बर्तमान परिस्थिती को कारण म तपाइलाइ भेट्न असमर्थछु । आमा माफ गरि दिनोस ल ।’