
काठमाडौं । खोटाङ जिल्लाका दश स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङकनमा हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ भने साकेला गाउँपालिका सबैभन्दा अन्तिम बनेको छ ।
दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी अंकभार ल्याएर हलेसी पहिलो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोस्रो बनेका हुन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग प्रतिवेदन अनुसार ७२.५५ अंक ल्याएर हलेसी प्रथम बनेको हो । गत वर्ष पनि हलेसी कार्यसम्पादन मूल्याङकनमा प्रथम बनेको थियो।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७१.९४ अंक ल्याएर दोश्रो बन्दा खोटेहाङ गाउँपालिका ६६.४१ अंक ल्याएर तेश्रो बनेको छ।
वराहपोखरी गाउँपालिकाले ६५.८४, जन्तेढुंगा गाउँपालिकाले ६४.८४, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६३.१४, केपिलासगढी गाउँपालिकाले ५८.७७, ऐसेलुखर्क गाउँपालिकाले ५४.४०, रावाबेशी गाउँपालिकाले ५३.१७ र साकेला गाउँपालिकाले ४८.९४ अंक अन्तिममा रहेको छ ।
स्थानीय तहको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही स्थानीय तहको लागि निर्धारण गरिएका १७ वटा कार्यसम्पदान सूचकको मूल्याङकनको आधारमा आयोगले अंक प्रदान गर्ने गर्छ ।
