
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।
प्रत्यक्ष निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट हरि रोकाले उम्मेदवारी दिएका छन् । यसैगरी, नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा एमालेबाट देवविक्रम राईले उम्मेदवारी दिएका छन् ।
यसैगरी, राप्रपा खोटाङबाट दिपक तामाङ, रास्वपाबाट रुद्र गिरी, श्रम संस्कृति पार्टीबाट आर्यन राईले उम्मेदवारी दिएका छन् ।
खोटाङमा नयाँ उदाएका रास्वपा र श्रम सँस्कृति पार्टीले राम्रै मत प्राप्त गरेपनि मुख्य रूपमा नेकपा, कांग्रेस र एमालेबीच नै चर्को प्रतिस्पर्धा हुने देखिएको छ । ताराबाट उम्मेदवारी दिएका हरि रोका सबैभन्दा लोकप्रिय र बौद्धिक व्यक्ति मानिन्छन् ।
