काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी, खोटाङले पेशागत तथा जनवर्गीय संगठनहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपाका नेता टंक राई, पृथ्वी राई, दुर्गाजयन्ती राई, अस्मिता कार्की लगायत नेताहरूकाे उपस्थितिमा आज दिक्तेलमा कार्यक्रम गरिएकाे हाे ।

हालै १० पार्टीकाे एकीकरणपछि नेपाली कम्युनिष्ट पार्टी गठन भएकाे
हाे । जिल्लास्तरमा एकता सम्पन्न हुन बाँकी रहेकाले आजकाे कार्यक्रममा भने तत्कालिन नेकपा माओवादी केन्द्र निकटकाे मात्रै सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सम्बाेधन गर्दै नेता टंक राईले संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाली कम्युनिष्ट पार्टीकै जगमा बनेकाे भन्दै आगामी निर्वाचनमा पनि नेपाली कम्युनिष्ट पार्टी पहिलाे दल बनेर उदाउने उदघाेष गरे ।