खोटाङ जिल्लाको नेर्पाबाट छरिएर रहेका चाम्लिङ राईहरुको तिरछा पाछाको अभियान्ताहरु आफ्नो वंशावलीको खोजिमा लागेका छन् । आफ्नो पूर्खाको जन्मस्थान खोज्दै तिराछाका सन्तानहरुले वंश भेटघाटलाई तिब्रता दिएका हुन् ।

नेर्पाबाट हिड्दा तिराछा रहेका चाम्लिङहरु खोटाङ जिल्लाकै खार्मी साब्रु, जालपा सर्सका पुग्दा तुराचु भएका छन् । उनिहरुलाई तुराङ्पनि भनिएको छ भने अन्यत्र जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, इलाम, हुँदै तराई मधेश तथा भारतको सिक्किम दार्जीलिङ पुगेका तिराछाहरु तुराछा हुन पुगेको भेटिएको छ । पाँचथर मिक्लाजुङका जगत राई , इलाम माङ्सेबुङका रोशन राई, इलाम फाकफोकथुमका विकास राई , पाँचथर फिदिमका सुरश राई, इलाम एकतोप्पा शिकारी भञ्ज्याङका अम्बर बहादुर राई वंश र पुर्खाको थाकगलो खोज्दै आएका हुन् ।

आफ्नो पुर्खाको थाकथलो खोज्दै पाँचथर मिक्लाजुङ, इलाम माङ्सेबुङ, इलाम फाकफोकथुम, पाँचथर फिदिम, इलाम एकतोप्पा शिकारी भञ्ज्याङका तुराछाका सन्तानहरु आएका थिए वंश खोज्दै आएपछि खोटाङका तिराछा र तुराचुहरुपनि तातिएका छन् ।

खोटाङ नेर्पाको तिराछाहरु वेदि राई, प्रभु राई, भोगेन्द्र राई, प्रेम राई लगायतले नेर्पाको वंश भेटघाटलाई सहज बनाउनु भएको थियो । खोटाङको साब्रु र सर्सकाका दाजुभाईहरुसँग भेटघाट गराउन खार्मी साब्रुका दिलबहादुर राई, देवकुमार राई र जालपाका दानबहादुर राई सक्रिय हुनुभएको थियो ।

कुनै समय मात्तिमबाट साप्सुखोला पछ्याउदै जाँदा तिराछाका पुर्खा मेवाखोला दोभानबाट मेवाखोला पछ्याउँदै नेर्पा आएर वसोवास गर्दै आएको भनाई रहेको छ । तिराछाबाट शब्दहरु खोलाटोला अनुसार परिस्कृत हुँदै जाँदा उच्चारणमा केही फरकपन आएको पुर्खाहरुको साभा बुझाई रहेको भेलाको निष्कर्श रहेको थियो ।

बान्तावा खोलामा बान्तावाकै संस्कार संस्कृति गर्दैै आएको, दुमी खोलामा गएर दुमीहरुकै संस्कार संस्कृति गर्दै आएको भएपनि आफुहरु असलमा चाम्लिङ रहेको उनिहरुले निष्कर्ष निकालेका छन् ।