
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ७५ हजारभन्दा धेरैलाई दुबईमा बन्धक बनाइएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले दुबई कतार र साउदी अरबमा नेपालीहरुलाई बन्धक बनाइएको उल्लेख गरेका हुन् ।
उनले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाले जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘आज हामीले उनीहरुको चीत्कार सुन्नुपर्छ कि पर्दैन रु आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन रु ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबाही गर्नुपर्छ कि पर्दैन ?’
उनले राजनीतिक दाउपेच बिर्सेर संसदीय समिति बनाएर भिजिट भिसा प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताए । सरकारले संसदमा संख्याका आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत उनले आरोप लगाए ।