
काठमाडाैं । संविधानसभा सदस्य समेत रहेका अर्थशास्त्री तथा विश्लेषक हरि राेकाले अमेरिकाकाे युएसएआइडी अन्तर्गत अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नेपाललाई दिएकाे भनेकाे २०मिलियन डलरकाे छानबिन गर्न माग गरेका छन् ।
उनले वित्तिय संङ्घीयताको पहिलो ड्राफ्ट तयार पार्ने १/२ जनामध्ये आफू पनि रहेकाे जनाउँदै साे क्रममा यस्ताे रकम आएकाे गन्ध समेत नगरेकाे बताएका छन् ।
उनले भनेका छन्- ‘वित्तिय संङ्घीयताको पहिलो ड्राफ्ट तयार पार्ने १/२ जना कसरती ज्यामी मध्य म पनि मनोनित सदस्यको हैँसियतमा थिए। यसरी रकम आएको कतै गन्ध समेत पाइएन । गन्धै नचुहुनेगरी अनुदान (ग्रान्टमा क -कस्ले कसरी बाटामै चप्काएछन् छानबिन होस् ।’