काठमाडौं २८ असोज । बाढी र पहिरोका कारण अवरुद्ध भएको वीपी राजमार्ग खुलेको छ । उक्त राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।

सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको हो ।

यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउने प्रयास गरेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्याका कारण ठूला बस भने सञ्चालनमा आएका छैनन् । साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिने तयारी गरिएको छ ।