घुर्मी पुलकाे माटाे बालुवा पन्छाउँदै । तस्बीर: मदानीखबर/फेसबुक

काठमाडाैं । खोटाङ, ओखलढुंगा, सोलुखुम्बुको र भोजपुर समेतको लाईफलाईनको रुपमा रहेको काठमाडौ जोड्ने घुर्मीको पुलमाथि बाढीकाे सतह पुगेपनि जाेगिएकाे छ ।

देशैभर परेकाे भारी वर्षासँगै आएकाे बाढीबाट उक्त पुल जाेगिएकाे हाे । जब कि बाढीकाे मात्रा पुल भन्दा माथि पुगेकाे थियाे ।

उक्त पुल बगाएकाे भनेर समेत प्रचार गरिएकाे थियाे ।
पुलमा बाढीले ल्याएको माटो बालुवा थाेपरेकाे छ । अहिले उक्त माटाे बालुवा सफा गर्ने काम सुरु भएको छ । यो पुल निक्कै खतरा पक्गाएर बचेको छ ।
नदीमा पानीको सतह पुरानो अबस्थामा फर्किएको छ ।

फोक्सिङटार पुल बगायाे
वर्षा र बाढीका कारण फोक्सिङटारको पुल भने बगाएकाे छ । खोटाङ र उदयपुर जोड्ने उक्त पुल भने शनिबारकाे बाढीले बगाएकाे हाे ।
उक्त पुल कमिशनकाे चक्करमा कमजाेर डिजाइन र दिर्घकालिन रूपमा दिगाे हुने गरि नबनाइएकाे भनेर समेत चर्चा हुँदै आएकाे थियाे ।