– धनचन्द्र राई

चोमालुङमा माथि चढेर

ढोल पिट्दै चिच्याएर

छिमेकीलाई बोलाउँनुछ

कचहरीमा ।।

 

बरु

लाठी टेक्दैै, धोति ओडेर आउन गान्धि

बन्दुक बोक्दै, टोपी ओडेर आउन माओ

हामि,

पानि छर्केर बि. पि र महेन्द्रलाई उठाऊँ

अमर सिं र बलभद्रलाई सुरक्षामा खटाऊँ

र गरौं एउटा

गोलमेच सम्मेलन ।।

 

धरोधर्म तिम्रा बिश्वासले

हाम्रा चेलिहरु

भृकुटी र सितालाई अन्बाएका थियौं

यो अर्थमा

यो तिम्रै ससुरालि हो

माओ कमरेड

नि सि चोंको वै ता द लिङ ताओ रेन,

रे लिया ख्वान यिङ नि

(You are the Great Leader of China, warm welcome)

गान्धि बापु

आप महान आद्मी है

हाम आपको

स्वागत करुंगा

 

 

अलिकति सून्नुछ,

चिनियाँ साँस्कृतिक क्रान्ति,

महान छलाङ अभियान र भोकले मरेका

करोडौं आत्माको कथा ।

धोति ओडेर दिनभर घाममा

सत्याग्रह बस्दाको गान्धिको ब्यथा

र सुनाउँनुछ

चोमालुङ र फक्तालुङ जस्तै

हजार बर्ष नझुक्ने

नेपालिको गाथा ।।

 

थोरै मलम लगाउनुछ

अंग्रेजको तोपले पोलेको

भक्ति थापाको छातिमा

सितल दिनुछ

पानि नपाई छटपटिरहेको

नाला पानिलाई

आँशु पुछिदिनुछ

आमा खोज्दै रोईरहेको सन्तानको ।।

 

बिषयले अर्को अर्थ नलागेमा

छलफल गर्नुछ उहि

सिमानाको

टिष्टा देखि काँगडा सम्मको

देहरादुन देखि केरुङ सम्मको

नियालेर हेरौं

उहि पुरानो लिखत

उहि ध्वाँसे लाल पुर्जा

खोज्नुछ यहि भित्र

केरुङ र देहरादुन

टिष्टा र काँगडा

या नक्सा काटियो

या त साटियो ???

 

 

आज

तिम्रो ससुरालिको आँगन

बुद्द जस्तै शरणमा प­यो

या त । सिता जस्तै हरणमा प­यो

खोई हाम्रो टिष्टा  ?

खोई हाम्रो सतलज ?

एकचोटी सोधी हेर कमाण्डो जिलेस्पिलाई

एकचोटी खोजि हेर कम्पनिको कागज

र सितालाई जस्तै अग्निमा चढाऊँ

कि टिष्टा बोल्छ

कि टिष्टा जल्छ ।।

हुनत,

सत्य रामलाई बनबास पठाएर

नाथुरामलाई पाल्नेदेशमा

न्याय माग्नु……………

न्याय पाउँनु ????????????

मुझे माफ करो

बापु साहेब ।

 

 

 

आजै सक्नुछ यो कचहरी

छिकेकीकै छलफलबाट

भोलि पराईले के सुन्लान

दुस्मनले के भन्लान ।।

कि बोलाऊँ त एलिजावेथलाई

बोकेर आउन कम्पनिको नक्सा

र सुगौलि सन्धिको सर्तहरु

मानौं, निसर्त उहि सर्तहरु

साँक्षि लिएर माओलाई

चिनियाँ क्रान्तिको कथा सुन्दै

हेर्न जाऔं

टिष्टा देखी काँगडा सम्म

फेर्न लगाऔं

सिमारेखा र लालपुर्जा

र समापन गरौं

तिम्रो सत्याग्रह

बिदा गरौं

महारानी यलिजाबेथलाई ।।।

 

 

२०७६ ज्यैष्ठ २९ चिन