धरान–२०, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईको हुकुमी प्रस्तुतिका कारण १० औं राष्ट्रिय महाधिबेशनमा प्रबेश नपाएको किरात राई पत्रकार संघले जनाएका छन् । गत १८ गतेदेखि धरानमा जारी किरात राई यायोक्खाको महाधिवेशनका क्रममा अध्यक्ष राईले पदीय दम्भ देखाउँदै भातृसंस्थाको प्रतिनिधिलाई प्रबेश नदिएको जनाईएको छ ।

बिघटित कार्य समितिको अध्यक्षले किरात राई पत्रकार संघको पनि सुनसरी जिल्ला शाखाको सामान्य विवादलाई लिएर आधिकारिक प्रतिनिधिलाई महाधिबेशनमा प्रबेश गर्न बन्देज लगाएको किरात राई पत्रकार संघका प्रतिनिधिले जनाएका छन् । सुनसरीमा भएका केही पत्रकारहरुको उक्साहटमा लागेर महाधिवेशनको बन्दशत्र शुरु भएयता उनले प्रतिनिधिहरुलाई हप्काउने तथा ‘म अध्यक्ष हुँ मैले भनेपछि सबैकुरा हुन्छ र हुनुपर्छ’ भन्दै निरंकुश व्यवहार देखाएको प्रतिनिधि सुनाउँछन् । अध्यक्ष राईले आफु अध्यक्ष रहँदासम्म अर्थात १० औं महाधिबेशनसम्म राई पत्रकारको प्रतिनिधिलाई प्रबेश गर्न नदिने बताएको प्रतिनिधिको भनाई छ ।

पत्रकार संघको जिल्ला कार्य समितिमा केही विवाद आएको भए पनि मिलाउन विकल्पहरु खोज्नु पर्नेमा उल्टै हप्की दप्की गरेको र झण्डै हात हालाहालकै अवस्था सिर्जना भएको महाधिबेशनका एक प्रतिनिधीले सुनाएका छन् । उनले भने–‘सामान्य कुरा शुरु हुँदै गर्दा नै एक्कासी अध्यक्ष ज्युले हुुकुमी पारा देखाउन थाल्नु भयो ।’
किरात राई पत्रकार संघ सुनसरीमा बिवाद आएपछि आफुलाई वेवास्ता गर्दै कार्य समिति गठन गरेकोमा सजाय स्वरुप प्रतिनिधिलाई प्रबेश नदिईने तिलकको भनाई रहेको प्रतिनिधिले वताएका छन् । राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईले आफुलाई बेवास्ता गरेको अर्थात सम्मान नगरेको ‘पनिश्मेण्ट’ स्वरुप प्रतिनिधि प्रबेशमा रोक लगाईएको संकेत गरेको राई पत्रकार संघले जनाएका छन् ।

यता अध्यक्ष भीम राईले भने महाधिबेशन सफल पार्नका लागि सहयोग गर्न अपिल गर्दै १० हजार रुपैंयाँ आर्थिक जिम्मेवारी समेत उल्लेख गर्दै पत्राचार गरेकोले प्रतिनिधि पठाएको सुनाएका छन् । यायोक्खाको महासचिव जीवन हताचो राईको हस्ताक्षर रहेको पत्राचार अनुरुप तीन जना प्रतिनिधि पठाईएको अध्यक्ष भीमले जनाउनुभयो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएको तिलक २०७४ सालको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार रहनुभएको थियो ।