खोटाङ फागुन–१४,
खेतवारीको अन्नवाली सखाप पारेर किसानलाई हैरानी दिएपछि खोटाङमा सुरु गरिएको ‘बाँदर समाउ अभियान’ अन्तर्गत ६ दिनमा ६५ वाँदर समातिएको छ । निकुञ्जमा पु¥याएर छाड्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ आसपासवाट भारतीय पेशेवर सिकारी टोलीले वाँदर समाउने काम गरिहेका छन् ।

नगरपालिकामा गठित बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा वाँदर समात्नका लागि भारतीय शिकारीलाई जिल्लामा बोलाइएको थियो । खुसीनगर उत्तरप्रदेशका ९ जनाको शिकारी टोलीले वाँदर समातेर खोरमा थुन्ने काम गरिरहेको समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

नगरपालिकाका १५ वडाकै किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पु¥याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला ल्याईएको हो । आगामी जेठ मसान्तभित्रमा प्रति वटा दुई हजारका दरले २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको अध्यक्ष घिमिरेको भनाई छ ।

‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पु¥याइने वताईएको छ । माघ २८ गते भएको भेलामा बाँदर नियन्त्रणका लागि नगरका सबै वडाले प्रति वडा डेढ लाखका दरले बजेट व्यवस्था गर्ने निर्णय भएको छ । बाँदरले बीउ नै मासिदिएपछि हैरानी खेपिरहेका किसान बाँदर समातेर निकुञ्ज पु¥याइने भएपछि हर्षित वनेका छन् ।

हेर्नुहोस भिडियो :