खोटाङ माघ–२२,
खोटाङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि एक युवाले साईकल यात्राको तयारी गरेका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धमा सघाउ पु¥याउने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले साईकल यात्राको तयारी गर्नुभएको हो ।
प्रचुर सम्भावना बोकेको भए पनि ओझेलमा रहेका त्रि–धार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँ लगायतका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि देशव्यापी साईकल यात्राको तयारी गरेको श्रेष्ठले वताउनुभयो । देशव्यापी साईकल यात्राको तयारी स्वरुप मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय छलफल गरिएको छ । साईकल यात्राका लागि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन पूरा गरिसकेको श्रेष्ठको भनाई छ ।
जन्तेढुंगा, धिप्लुङ झरना, इन्द्रेणीपोखरी, सोलढुंगा, भगवती मन्दीर, महुरेगढी, केपीलासगढी, सिंहदेबी, लौरेडाँडा, चिलिमढुंगा, बाहनेपोखरी, सिद्धेश्वर महादेबस्थान लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारका लागि श्रेष्ठले ७७ वटै जिल्लामा साईकल यात्रा गर्ने तयारी गर्नुभएको छ । श्रेष्ठले सकेसम्म यही माघ भित्रैबाट देशव्यापी साईकल यात्रा सुरु गर्ने सोच बनाएको जनाउनुभयो । आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचार बिरुद्ध समेत हुने उहाँले सुनाउनुभयो । उहाँका श्रीमती सहित दुई छोरा रहेका छन् ।