14.1 C
Kathmandu
Wednesday, February 11, 2026
Home समाचार खोटाङ आईडल तेजको पहिलो गीत सार्वजानिक(भिडियोसहित)

खोटाङ आईडल तेजको पहिलो गीत सार्वजानिक(भिडियोसहित)

खोटाङ पुष–१, जिल्लाब्यापी गायन प्रतियोगिता खोटाङ आईडलको पहिलो उपाधी चुम्न सफल तेजकुमार राईको पहिलो गीत सार्वजानिक भएको छ ।
गत चैत्र–३ गते सम्पन्न प्रतियोगितावाट प्रथम खोटाङ आईडलको उपाधी कव्जा गर्न सफल राईको आवाजमा रहेको ‘सम्वोधन तिमीलाई कसरी गरुँ’ वोलको गीत यूट्युव च्यानलमार्फत सार्वजानिक भएको हो ।
गायनमा अव्वल राईको आवाजमा सजिएको पहिलो गीतलाई गायक तथा संगीतकार पदम थुलुङ राईको सम्पुर्ण व्यवस्थापनमा पहिलो पटक रेकर्ड गरिएको थियो । रामधन वेदनाको शव्द, हेत्छाकुप्पाको संगीत तथा गायक एवम् संगीतकार पदम थुलुङ राई एरेजमेण्ट रहेको गीत ‘लिपसिङ भिडियो’सहित ओपेरा डिजिटल ईन्टरटेण्डमेण्ड यूट्युवमार्फत सार्वजानिक गरिएको हो ।
ललितपुरस्थित ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको रेकर्डिङ तथा भिडियोका प्रायोजन संगीतकार समेत रहनुभएको सोही रेकर्डिङ स्टुडियोका सञ्चालक मनी ताम्लिङले गरिदिनुभएको हो । यस्तै, शव्द, संगीत तथा एरेजमेण्ट पनि निःशुल्क रुपमा गरिदिएको वताईएको छ ।
१७ वर्षिय गायक राईको गायन सम्भावना देखेर गीत रेकर्ड गराउन उत्साहित वनेको गायक तथा संगीतकार पदम थुलुङले वताउनुभयो । हाल कक्षा–१० मा अध्ययनरत खोटाङस्थित केपिलासगढी गाउँपालिका सप्तेश्वरका तेजको गायन प्रतिभाको कदर गर्दै दिक्तेलवजारस्थित माउण्ट एभरेष्ट ईङलिस वोर्डिङ स्कुलले कक्षा–५ देखि १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाईदिएको छ । उक्त विद्यालयले आफ्नो गायन प्रतिभा प्रस्फुटन, निख्खारपन तथा प्रगतिको लागि अन्य सहयोग समेत गर्दै आएको तेज वताउनुहुन्छ ।
२०५८ सालमा खोटाङ महासमाजले आयोजना गरेको गायन प्रतियोगिता प्रथम खोटाङ तारामा सहभागी तेजकुमारको प्रतिभा देखेर विद्यालयले निःशुल्क अध्ययनको अवसरको व्यवस्था मिलाईदिएको थियो । उसो त राईले अन्य विभिन्न गायन प्रतियोगितामा समेत आफुलाई अव्वल सावित गरिसकेका छन् ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरेको गायन प्रतियोगिता खोटाङ आईडलमा जिल्लाभरका करिव ७ सय प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधी हात पारेका थिए । ५ महिनासम्म भएको विभिन्न स्थानका अडिसन तथा विभिन्न चरण र विधाका गीतहरुवाट निर्णायकको निर्णय र श्रोता, दर्शकको भोटवाट उपाधीको छिनोफानो गरिएको थियो ।