15.9 C
Kathmandu
Friday, March 29, 2024

समाचार

hot news, khotang news

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत खोटाङको सेखुवा–चखेवा सडकखण्ड अलपत्र पार्ने निर्माण कम्पनी फेरि सरकारको कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गरेर उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । पुष्पालाल मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिम, पाँचथरको सिफारिसमा प्रधानमन्त्री अन्तर्गतको...
खोटाङ पुष–२ पूर्व संस्कृति मन्त्री गोपाल किरातीले पहिलो र दोश्रो जनआन्दोलनले पहिचान सहितको अधिकार प्राप्त नभएकाले तेश्रो जनआन्दोलन आवश्यक रहेको बताउनुभयो । मन्त्री किरातीले आईतबार साँझ खोटाङको दिक्तेलबजारस्थित किरात चौकमा भएको कोणसभालाई संवोधन गर्दै निर्णायक जनआन्दोलनको आवश्यकता बताउनुभएको हो । तेश्रो जनआन्दोलनका लागि आधार तय भइसकेको किरातीको भनाई छ ।...
खोटाङ मंसिर–३०, खोटाङमा यातायात बन्दका क्रममा प्रहरी स्कर्टिङमा सञ्चालन गरिएका यातायातका साधन पहिचानबादी आन्दोलनकारीले शनिबार दिनभरका लागि थन्को लगाएका छन् । कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका जिल्लाका पहिचान पक्षधर समुहले स्कर्टिङमा चलाईएको साना तथा ठूला सवारी साधनलाई दिक्तेलबजारस्थित किरात चौक आसपासमा दिनभरका लागि रोकेका हुन...
खोटाङ मंसिर–३० , कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका पहिचानवादी पक्षधरले गरेको बन्दका कारण खोटाङमा लामो तथा छोटो दुरीको यातायात सेवा ठप्प बनेको छ । जिल्लाका पहिचान पक्षधरहरुले आव्हान गरेको यातायात बन्दका कारण जिल्लामा सार्वजानिक तथा नीजि सवारी साधन शनिबार बिहानैदेखि ठप्प बनेको हो । पुनः नामाङकन...
मंसिर–२८, यातायात बन्दका क्रममा खोटाङबाट पक्राउ परेका पुर्वमन्त्री गोपाल किराती सहित पाँच जना पहिचानवादी आन्दोलनकारी विरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । नेकपा एमालेले शुरू गरेको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई लक्षित गर्दै मध्यपहाडी लोकमार्ग बन्द गराएको अभियोगमा गत २६ गते पक्राउ परेका पुर्वमन्त्री किराती लगायतलार्ई...
खोटाङ २६ । प्रमुख तीन राजनीतिक दलले पहिचानवादी पक्षलाई संयमित हुन अनुरोध गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारद्धारा जारी निर्णयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हरेक राजनैतिक र विकास सम्बन्धी विषयमा राजनैतिक सहमतिको नामले परिचित यस जिल्लामा लोकतान्त्रिक मूल्य मान्यतामा रहेर गर्ने...
खोटाङ २६ मंसिर । पहिचान पक्षधर समुहले आव्हान गरेको बन्दका कारण खोटाङमा यातायात सेवा ठप्प भएको छ । नेकपा एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको प्रतिरोध स्वरुप पहिचान पक्षधर समुहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा जनसभा...
खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश सुवासबाबु पुरीको बिहीबारको इजलासले ४ जनालाई थुनामा पठाउन र अन्य ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । ३५ प्रतिवादीबाट ४ करोड ४० लाख ४१ हजार १८ रुपैयाँ...
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका छन् । सहकारीको बचत अपचलन भएको बिषयमा सञ्चालक समितिका पदाधिकारी सहित नौ जनालाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले उजुरी दिन आव्हान गरेपछि २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका हुन् । आर्थिक अपचलनका...
खोटाङ, ९ मङ्सिर : इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको...