17.1 C
Kathmandu
Thursday, March 28, 2024

खोटाङ समाचार

khotang first online news

भदौ–१७, भीषण वर्षाका कारण गएको पहिरोले खोटाङमा ५३ घर बिस्थापित भएका छन् । बुधबार राती परेको अबिरल वर्षापछि गएको पहिरोका कारण सिमपानीमा ५२ र इन्द्रेणीपोखरीमा एक घर बिस्थापित भएका हुन् । चारैतिरबाट छेकेको ठूलो पहिरोले सिमपानी–८ अदुवाबारीका २५ घर, सिमपानी–८ तारेभीरका १५ घर, सिमपानी–७ कात्तिकेका ७ घर, सिमपानी–८ ओखरबोटेका...
भदौ–१२, आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यवसायिक तरकारी खेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यवसायिक तरकारी खेती सुरु गरिएको हो ।  आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारी खेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । “तरकारी खेतीबाट अहिले...
साउन–३२, भारत सरकारले उपहार स्वरुप नेपाललाई दिएको एउटा एम्बूलेन्स खोटाङको दुर्छिम स्वास्थ्यचौकीले पाएको छ । आफ्नो ६९ औं स्वतन्त्रता दिबसका अवशरमा शनिबार भारत सरकारले दिएको ४० वटा एम्बूलेन्समध्ये एउटा एम्बूलेन्स स्वास्थ्यचौकी दुर्छिमले पाएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. माधव लम्सालले बताउनु भयो ।  किरात, हिन्दु र बौद्धधर्मावलम्बीको त्रि–धार्मिक स्थल नजिक...
साउन–३१, जिल्लाको उत्तरी गाविस फेदीमा कागज उद्योग खुलेपछि स्थानीय सात जना युवाले गाउँमै रोजगारी पाएका छन् । फेदीका स्थानीयले व्यवसायिक रूपमा उद्योग दर्ता गरेर नेपाली हाते कागज उद्योग सञ्चालन गरेपछि स्थानीय सात जना युवाले गाउँमै रोजगारी पाएका हुन् ।   उद्योगमा अहिले दैनिक तीन/चार कोरी (प्रतिकोरी दुई सय ताउ) कागज...
साउन–२२, जिल्लाका कृषकहरु अलैंची खेतीप्रति आकर्षित बन्दै गएका छन् । अन्य खेतीभन्दा अलैंचीबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरु यसप्रति आकर्षित भएका हुन् । गत वर्ष मात्रै जिल्लाबाट ८० करोड बढीको अलैंची निकासी भएपछि कृषकहरुले धान खेत मासेर भएपनि अलैंची खेती गर्न थालेको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास...
युवराज रोइला-खोटाङ, साउन–१७, बैशाख १२, १३ र २९ गते गएको विनाशकारी महाभूकम्पका कारण कयौ आमाहरुका काख रित्तिए भने कति परिवारका छोराछोरीहरुले आफ्ना आमाबाबु तथा आमाबाबुले छोराछोरीहरुबाट सधाको लागी छुटिनु मात्र नभएर कयौ‌ छोरीचेलीहरुको सिउँदोको सिन्दुर समेत सधाको लागी पुछियो । विनाशकारी महाभूकम्पमा परि अन्य जिल्लाहरु जस्तै खोटाङमा पनि एक दर्जन...
साउन–१५, खोटाङ सेवा समाज दोहा कतारले एसएलसी परीक्षामा जिल्ला प्रथम हुने दुई परीक्षार्थीलाई सम्मान गरेको छ । सामुदायिक विद्यालयबाट सबैभन्दा बढी अंक ल्याएर जिल्ला प्रथम हुने खार्मी–२ का खजिन्द्र गुरुङ र दिक्तेल नगरपालिका–३ का विनोद आचार्यलाई नगद रु २०/२० हजारको साथमा प्रशंसा–पत्रले सम्मान गरेको हो । गुरुङ वि.सं.२०७० सालको एसएलसीमा...
‘मनैदेखि’ लागियो भने एक न एक दिन सफलताको शिखर चुम्न सकिन्छ । यही भनाई लागू भएको छ खोटाङ दिप्लुङ–१ केराबारीकी गायीका मीनाश्री पुमा राईको जीवनमा । बाल्यकालदेखि नै गायीका बन्ने सपना मीनाश्रीले ढृड इच्छाशक्तीका कारण बिस्तारै पूरा गर्दैछिन् । पदम खालिङको ‘भोजपुर डबली’ एल्बममा स्वर दिएर औपचारिकरुपमा गाउन थालेकी...
साउन–६,  बैशाख–१२ गतेको महाभूकम्प तथा त्यसपछिका पराकम्पनहरुका कारण यसवर्ष हलेसी आउने दर्शनार्थीको संख्या घटेको छ । नेपालकै एक मात्र त्रीधार्मिकस्थल खोटाङको हलेसी आउने बाटाका सडकमा क्षति पुगेकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको संख्या घटेको हो ।  भूकम्पका कारण साउन महिनाभर लाग्ने बोलबम मेलामा समेत गत वर्षहरुको तुलनामा यस वर्ष...
साउन ५, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको ३५ वर्षपछि पहिलो साधारणसभा गरिएको छ । २०३७ साल असोज–१२ गते स्थापना गरिएको जिल्लाकै पहिलो क्याम्पसको साधारणसभा शनिबार गरिएको हो । १० वर्षसम्म सञ्चालक समिति बिहिन बनेको क्याम्पसमा २०६९ साल साउन–४ गते सञ्चालक समिति बनाइएपछि क्याम्पस स्थापना पछि कै पहिलो साधारणसभा गरिएको हो...